भलिबललाई दर्शकको साथ, पुरुषतर्फ आर्मी र एपीएफ विजयी | Khabarhub Khabarhub

भलिबललाई दर्शकको साथ, पुरुषतर्फ आर्मी र एपीएफ विजयी



नेपालगञ्ज – आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज (शुक्रबार) भएको पुरुष भलिबल तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।

नेपालगञ्जको खजुरास्थित शुक्र भलिबल मैदानमा भएको खेलमा आर्मीले गण्डकीलाई ३—१ को सोझो सेटमा पराजित गरेको हो ।

आर्मी विरुद्ध पहिलो सेट हात पारेको गण्डकी प्रदेशका खेलाडीहरुले पहिलो सेट राम्रो खेलेपनि पछिल्ला तीन सेटमा लय कायम राख्न सकेनन् । पहिलो सेटमा गण्डकी प्रदेशले २५—२२ को अंकले पराजित गरेको थियो । भने दोस्रो, तेस्रो र चौथो सेटमा आर्मीले गण्डकीलाई २५–१८,२५–२१ र २५–१४ को सेटमा पराजित गर्दै प्रादेशीक टोलीलाई पाखा लगाएको हो ।

विभागीय टोली आर्मी राष्ट्रिय खेलकुदमा सबैभन्दा बलियो टोलीका रुपमा हेरीएको टोली हो । तर, पनि भलिकल कोर्डमा उपस्थित दर्शकहरुले आर्मीका खेलाडी भन्दा गण्डकीका खेलाडीहरुको समर्थन गरेका थिए ।

लगभग दर्शकले खचाखच भएको भलिबल कोर्डमा दर्शकको साथ पाउँदा खेलाडीहरु पनि उत्साहित भएका थिए । खेल बिहान भएपनि बिहानीबो दोस्रो खेल भएकाले आर्मी र गण्डकीको खेल शुरु हुन ९ बजीसकेको थियो । समयसँगै खेल स्थलमा पनि दर्शकहरुमा उत्साह बड्दो थियो ।

खेल शुरु हुँदै जादाँ मैदानसँगै वातावरण पनि तातो भइरहेको थियो । तातो हावाको वेग सँगै आर्मीका खेलाडीहरुले एक सेट गुमाउँदा गण्डकीका केही खेलाडीहरु तिर दर्शकले नजर लगाएका थिए । भने पहिलो सेट हारेपनि आर्मीका खेलाडीहरुमा स्टामीना रहेको र जुनसुकै अवस्थामा पनि खेल आफ्नो पक्षमा लिने दर्शकहरु अनुमान लगाइरहेका थिए ।

भलिबल हेर्न ८–९ वर्षका बालबालीका देखि वृद्धहको पनि उपस्थिती थियो । पहिलो पटक नेपालगञ्जमा राष्ट्रिय खेलकुद भइरहँदा दर्शकको उत्हाजनक सहभागीता रहेको आर्मीका कप्तान हरिसराज थापाले बताए ।

‘मौसम गर्मी छ । तर, पनि स्थानीय दर्शकहरुको राम्रो साथ पाइरहेका छौं,’ भलिकल कोर्डमा दर्शकको सहभागीता बारे कप्तान थापाले अगाडि भने,‘हाम्रो टिममा पहाडी तथा हिमाली भेगका खेलाडीको संख्या धेरै छ । तर, पनि यहाँका दर्शकको साथसँगै हामी उत्साहका साथ खेलीरहेका छौं ।

आर्मी विभागीय टोली राम्रो भएपनि प्रादेशीक टोलीले राम्रो खेलेको कप्तान थापाले बताए । ‘विपक्षी खेलाडीहरुले पनि राम्रो खेले । हामीले पहिलो सेटमा टिम सेट हुन नपाउँदा गुमायौं । अब टिमको लक्ष्य उपाधि उचाल्ने हो । त्यही अनुसार बाँकी खेल खेल्छौं ।’

भलिबलको आजै बिहान भएको पहिलो खेलमा अर्को विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफले आयोजक प्रदेश नम्बर ५ लार्य ३–० को साझो सेटमा पराजित गरेको हो । एपीएफले प्रदेश ५ लाई २५–८,२५–२१ र २५–२१ कोृ सेटमा पराजित गरेको हो ।

त्यस्तै बिहान भएको महिला भलिबल तर्फ पहिलो खेलमा एपीएफले प्रदेश नम्बर १लाई ३–० को साझो सेटमा पराजित गरेको थियो । जसमा एपीएफले तीनै सेटमा प्रदेश १ लाई १० अंकभन्दा बढी जोड्न दिएन । एपीएफले प्रदेश एक लाई २५–४, २५–९ र २५–१० को सेटमा पराजित गर्यो ।

त्यस्तै, महिला भलिबलको दोस्रो खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर २ लाई ३–० को सेटमा पराजित गरेको हो । जसमा प्रदेश ३ ले २५–९,२५–७ र २५–१३ को सेटमा पराजित गर्यो ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १ : ३५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन