यातायात सिन्डिकेट अन्त्य घोषणाको एक वर्ष : साढे ३ लाख सार्वजनिक सवारी, साढे ७ हजार मात्र कम्पनीमा दर्ता | Khabarhub Khabarhub

यातायात सिन्डिकेट अन्त्य घोषणाको एक वर्ष : साढे ३ लाख सार्वजनिक सवारी, साढे ७ हजार मात्र कम्पनीमा दर्ता


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले यातायात सिन्डिकेट अन्त्यको घोषणा गरेको बुधबार एक वर्ष पूरा भएको छ । तर, देशभर साढे तीन लाख सवारीसाधन सञ्चालन रहेकोमा साढे सात हजार मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको नयाँ पत्रिकामा खबर छ ।

यातायात समिति खडा गरेर सिन्डिकेट लाद्दै राज्यलाई करसमेत नतिरी सञ्चालन भएका सवारीसाधन नियमनका लागि सरकारले कम्पनी अन्तर्गत दर्ता गर्न ०७५ असार मसान्तसम्मको समय दिएको थियो । त्यसयता तीनपटक म्याद थप्दासमेत तीन लाखमध्ये सात हजार ६ सय ६५ गाडाी मात्रै कम्पनीमा दर्ता गरिएका छन् । यो कुल सवारीसाधनको दुई दलमलव १८ प्रतिशतमात्र हो । अब तेस्रो पटक थपिएको म्यादसमेत सकिन ४४ दिन मात्र बाँकी छ ।

यातायात व्यवसायीलाई थपिएको म्याद यो अन्तिम पटक भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् । उनले अन्तिम पटक म्याद थपेको भन्दै १८ जेठभित्र दर्ता नभए रुट नै खारेज गर्ने चेतावनी दिएका छन् । त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने अब क्षतिपूर्ति र उपचारको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।

त्यस्तै गैरकानुनी हिरासतमा दलित नाबालकको रहस्यमय मृत्यु शीर्षकमा छापिएको समाचारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक नाबालकको मृत्यु भएको छ। मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो। प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् । किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन। मृत्युपछि पनि परिवारलाई थाह नदिई शंकास्पद रूपमा रातारात शव पोस्टमार्टम गर्‍यो। बिर्तामोड प्रहरीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेको छ। तर, हिरासत कक्षमा झुन्डिन मिल्ने ठाउँ छैन।

प्रहरीले किरणलाई हिरासतमा गैरकानुननी रूपमा राखेको थियो। अदालतबाट म्याद थपसमेत नगरी तीन दिनसम्म हिरासतमा राखेको खुलेको छ। जब कि बयानका लागि २४ घन्टाभन्दा बढी हिरासतमा राख्न अदालतबाट म्याद थप गर्नुपर्छ। प्रहरीले किरणका परिवारलाई समेत थाहा नदिई मेची अञ्चल अस्पताल भद्रपुर लगेर शव पोस्टमार्टम गरेको छ। पोस्टमार्टमपछि मात्रै किरणका बुबा रमेश कार्कीडोली दर्जीलाई प्रहरीले शव बुझ्न बोलाएको थियो।

नक्कली ज्वाइँले अमेरिका लाने भन्दै ठग्दै शीर्षकको समाचारमा विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो। उनले काठमाडौंकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ असुलेका थिए। प्रहरीका अनुसार छोरी अमेरिका जाने प्रलोभनमा परेपछि अभिभावकले घर बैंकमा राखेर ४२ लाख रुपैयाँ जुटाएका थिए। रकम लिएर खड्का गायब भएपछि मात्रै किशोरी र उनका अभिभावकले ठगिएको महसुस गरेका थिए।

नेपाललाई मनाउने अन्तिम गृहकार्यमा ओली प्रचण्ड शीर्षकको समाचारमा पत्रिकाले बालुवाटारको छलफलपछि प्रचण्ड परिवारसहित सुकुटे पुगेको खबर छापेको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन एकता प्रक्रियाको मापदण्डबारे छलफल गरेका छन्। नेपालसमेतको सहमतिमा पार्टी स्थापना दिवस ९ वैशाखभित्रै एकता टुंग्याउने गरी ओली र दाहालले मापदण्डमा केन्द्रित रहेर बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका हुन्। दुई दिनभित्र जिल्ला र जनसंगठनको नेतृत्व टुंगो लगाएर सचिवालय बैठकबाट पारित गर्ने गरी ओली र प्रचण्डले छलफललाई तीव्रता दिएका छन्।

गत २९ चैतमा चन्द्रागिरी रिसोर्टमा आवासीय बैठकपछि ओली र प्रचण्डले २ वैशाखमा नेपालसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका थिए। नेपालसहितको छलफलमा पूर्वएमाले र माओवादी दुवै समूहलाई मान्य हुने गरी मापदण्डबाटै एकीकरण टुंग्याउने सहमति भएको थियो। विभिन्न कोणबाट प्रस्तुत भएका मापदण्डलाई बिहीबार बसेर अन्तिम टुंगो लगाउने समझदारीसहित छलफल टुंगिए पनि ओलीसँगको छलफलपछि प्रचण्ड आरामका लागि सपरिवार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ७ : १७ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो