विप्लव नेकपालाई समुन्नतिको बाटोमा आउन कांग्रेसको आग्रह « Khabarhub

विप्लव नेकपालाई समुन्नतिको बाटोमा आउन कांग्रेसको आग्रह


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छाडेर संघीयता, गणतन्त्र र समुन्नतिको बाटोमा आउन आह्वान गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको मंगलबार बसेको बैठकले चन्द नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो छोडेर समुन्नतिको बाटोमा आउन आह्वान गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले संवाद र सहमतिकै बाटोबाट चन्द नेतृत्वको नेकपालाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई शासकीय क्षमता प्रर्दशन गर्न पनि आग्रह गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन समिति पनि बनाएको छ । पार्टीका राष्ट्रिय सभाका सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिका सदस्यहरुमा खम्बबहादुर खाती, एकराज पोखरेल, गोपालकृष्ण घिमिरे र सिताराम केसी रहेका छन् ।

त्यसैगरी, पार्टी महासमिति बैठकले तयार पारेको विधानलाई पारित गर्न नेता रमेश लेखक नेतृत्वको नियमावली निर्माण समिति पनि गठन गरिएको छ । समितिमा ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, प्रदिप पौडेल र जीवन परियार सदस्य रहेका छन् ।  त्यस्तै, काँग्रेसले नेता भिष्मराज आङदम्बे संयोजक रहेका केन्द्रीय अनुशासन समितिमा पनि उमाकान्त चौधरी र धनराज गुरुङ थप गरी पूर्णता दिएको छ ।

सोमबार बसेको काँग्रेस केन्द्रिय कार्य समिति बैठकले आङदम्बे संयोजक तथा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौंर सदस्य रहेको केन्द्रिय अनुशासन समिति गठन गरेको थियो । त्यसमा चौधरी र गुरुङलाई थप गरी सो समितिलाई पूर्णता दिइएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ८ : २० बजे

‘फिल्मलाई समृद्ध बनाउन मद्दत गर्छौँ’ : मन्त्री कार्की

काठमाडौँ– चलचित्र विकास बोर्डको औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार सरकारले

 आर्थिक वर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै 

काठमाडौँ– चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषय सरकारले जवाफ दिनपर्छ : नेम्वाङ

काठमाडौँ- नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले करका दर

वर्गीय विभेद दर्साउने ‘जोर मैना’ (भिडियो) 

काठमाडौँ- फिल्म ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्म

किसान समूहलाई ट्याक्टर हस्तान्तरण

तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली किसान समूहलाई ट्याक्टर हस्तान्तरण