मोजाम्बिकमा आँधीबाट ज्यान गुमाउनेको संख्या हजार नाघेको आशंका | Khabarhub Khabarhub

मोजाम्बिकमा आँधीबाट ज्यान गुमाउनेको संख्या हजार नाघेको आशंका


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोजाम्बिका– अफ्रिकी मुलुक मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ ।

आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा त्यहाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार भन्दा बढी भएको मोजाम्बिकका राष्ट्रपति फिलिपे नुसीले जनाएका हुन् ।

गत बिहीबारदेखि भीषण वर्षासहितको आँधीले क्षति पुर्‍याउन थालेको तर उद्धारकर्ता भने आइतबारबाट मात्र त्यहाँ पुग्न थालेका हुन् ।

इडाइ नामक यस आँधीका कारण अफ्रिकाका दक्षिणी भेगमा १८० जनाको मृत्यु भइसकेको बताइएको छ । आँधी प्रभावित क्षेत्र निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ‘विध्वंसकारी प्रभाव’ पारेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ५ : ३२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६