विद्यार्थी संगठनले लगाए त्रिविमा ताला, मेडिकल कलेमा भइरहेको मनपरि टुलुटुलु हेरिरहेको आरोप | Khabarhub Khabarhub

विद्यार्थी संगठनले लगाए त्रिविमा ताला, मेडिकल कलेमा भइरहेको मनपरि टुलुटुलु हेरिरहेको आरोप


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल निकटका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

गण्डकी मेडिकल कलेज र किस्ट कलेजमा भइरहेको मनपरिलाई टुलुटुलु हेरेर बसेको भन्दै सत्तारुढ नेकपाका दुई विद्यार्थी संगठन अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र महाराजगञ्ज स्वतन्त्र विद्यार्थी युनियनले त्रिविमा तालाबन्दी गरेका हुन् ।

मेडिकल कजेजमा भइरहेको मनपरिलाई हेरेर बसेको भन्दै त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, आईओएम डिन कार्यालयका साथसाथै परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

संगठनहरुले विद्यार्थीको फारम भर्ने र परीक्षाको वातावरण अविलम्ब बनाउन माग गरेका छन् ।

परीक्षाको वहान देखाएर तिमीहरुको भविष्य अन्योल बनाइदिन्छौं मुद्दा फिर्ता लेउ भन्दै गण्डकी मेडिकल कजेजका सञ्चालकले विद्यार्थीलाई मनोवैज्ञानिक त्रास देखाएको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  १ : ४७ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही