आगलागीका कारण अष्ट्रेलियामा संकटकाल घोषणा | Khabarhub Khabarhub

आगलागीका कारण अष्ट्रेलियामा संकटकाल घोषणा


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया- अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा गरिएको छ ।

आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

आगलागीका कारण कतिपय घरहरुमा क्षति पुगेको र विषाक्त हावा फैलिएको र त्यस क्षेत्रको तापक्रम ५० डिग्री सेल्सीयससम्म पुगेको जनाइएको छ ।

बिहीबार लागेको आगलागी नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । अधिकारीहरुले आ–आफ्नो तरिकाले सतर्कता अपनाउन स्थानीय बासिन्दालाई आह्वान गरेका छन् ।

अष्ट्रेलियामा प्रायः हरेक बर्ष यस्तै अत्यधिक गर्मी हुने र गर्मीका बेलामा आगलागीका घटनाहरु पनि धेरै हुनेगरेको अधिकारीहरुको भनाइ छ ।

देशको सर्वाधिक प्रदुषित भएको ‘न्यु साउथ वेल्स’ राज्यका १ सय भन्दाबढी ठाउँमा आगलागी भएको र आगलागी नियन्त्रण बाहिर रहेको जनाइएको छ ।

न्यु साउथ वेल्स राज्यका मुख्यमन्त्री ग्लाडीस बेरोजिक्लीनले सातदिनका लागि संकटकालको घोषणा गरेका हुन् ।

 

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ९ : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन