सडक बन्यो ‘ज्यान लिने पासो’: पाँच महिनामा १ हजार यात्रुले गुमाए जीवन | Khabarhub Khabarhub

सडक बन्यो ‘ज्यान लिने पासो’: पाँच महिनामा १ हजार यात्रुले गुमाए जीवन

कहिलेसम्म जरिवाना उठाउँदै चालकलाई छोड्ने–हाछेथु



काठमाडौं– आइतवार बिहान कालिञ्चोक दर्शन गरेर फर्किएका यात्रु बोकेको बस लामोसाँघु–जिरी सडकखण्डमा दुर्घटना हुँदा १५ जनाले ज्यान गुमाए । त्यस्तै मंसिरको दोस्रो साता अर्घाखाँचीमा बस दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका थिए ।

गत कार्तिकको तेस्रो साता सिन्धुपालञ्चोककै सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका थिए ।

यसरी पछिल्ला महिनाहरुलाई हेर्ने हो सवारी दुर्घटनामा परी धेरैले ज्यान गुमाइरहेका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क हेर्ने हो भने काहाली लाग्दो देखिन्छ । धेरैजसो दुर्घटना ग्रामीण भेगका कच्ची सडकमा भएको पाइन्छ ।
सरकारले सडक मर्मतसम्भार तथा व्यवस्थित गर्न नसक्दा हरेक दिन सवारी साधन दुर्घटनामा परी ७ जनाले ज्यान गुमाइरहेका प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

दुर्घटना बढ्दै जाँदा हरेक व्यक्ति गन्तव्य नपुगुन्जेलसम्म त्रासले यात्रा गर्नुपर्ने बाध्यत्मक परिस्थिति रहेको छ ।

शहरी क्षेत्रमा सामान्य रुपमा सवारीसाधन ठक्कर खाएर दुर्घटना सुनिएपनि ग्रामीण क्षेत्रमा बसहरु सडकबाट धेरै तल खस्ने घटनाहरु पछिल्ला समय बढ्दै गएको पाइन्छ ।

यसरी दुर्घटनामा परी धेरै व्यक्तिले एकै पटक ज्यान गुमाउनु परेको छ भने कयौं घाइते भइ शारीरिक रुपमा अपाङ्गता समेत भएका छन् ।

सडकको अवस्था जीर्ण 

अहिले देशैभरि सडक खन्ने होडबाजी चलेको छ । तर मर्मतसम्भारका लागि भत्काइएका धेरै सडकहरु अलपत्र अवस्थामा रहेका छन् । सरकारले सबै सडक तथा राजमार्ग नियमित रुपमा कालोपत्रे तथा खाल्डाखुल्डी पुर्न समेत सकेको छैन ।

देश संघीयतामा गएसँगै स्थानीय स्तरका समस्या समाधान गर्ने जीम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीय तहहरुले जागरुकता नदेखाउँदा पनि सडककै कारण दुर्घटना भइरहेको सडक विभागले जनाएको छ ।

विभागकाअनुसार स्थानीय तहका सडकहरु यतिबेला धमाधम विस्तार तथा कालोपत्रे गर्ने क्रममा रहेका छन् । ग्रामीण क्षेत्रका सडकमा इन्जिनियको डिजाइन बिना नै सडक निर्माण हुने पनि यस्तो समस्या दोहोरिएको अनुमान गर्न सकिन्छ ।

सवारी जाँचको कमी

सवारी सञ्चालन मापदण्ड हेर्ने हो भने भने प्रत्येक ६ महिनामा सवारीसाधन जाँचपास गराउनुपर्छ ।

तर देशभर गुड्ने लाखौं सवारी साधनलाई जाँचपास गर्ने उपकरणको अभाव देखिन्छ । सवारी साधन जाँचपास नगर्दापनि सवारी दुर्घटना बढ्दै गएको फिटनेस केन्द्रले जनाएको छ ।

चार पांग्रे सवारी साधन जाँचपाच नभइ सञ्चालन भइरहँदा बढी दुर्घटना निम्तिएको सवारी परीक्षण (भेइकल फिटनेस) केन्द्रका सिनियर डिभिजन इन्जिनियर रामचन्द्र पौडेलले बताए ।

‘यान्त्रिक गडबढीका कारण पनि सवारी साधन दुर्घटना भएको पाइन्छ’ खबरहबसँग कुरा गर्दै उनले भने ‘६÷६ महिनामा गुडाउन ठिक छ कि छैन भनि सवारी जाँचपास गर्नुपर्छ तर त्यो हुन सकेकै छैन ।’

बढी यात्रु बोक्नेलाई कारबाहीको अभाव

यसअघि कार्तिकमा सिन्धुपाल्चोकमै बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए ।

बसको दुर्घटनाको कारण क्षमताभन्दा बढी यात्रु बोकेको भनिएको थियो । ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कडा कारवाही गर्न नसक्दा पनि झनै बढावा दिने गरेको पाइन्छ ।

ट्राफिक प्रहरीको चेकपोस्ट भएको स्थानमा यात्रु ओरालेर थोरै देखाउने र कटेपछि फेर यात्रुहरुलाई चढाउने गरिएको पाइन्छ । ग्रामिण क्षेत्रमा सुरक्षा निकायको कम उपस्थितिका कारण सवारी चलक र सहचालकले सीट क्षमता भन्दा धेरै यात्रुहरु बोक्ने गरेका छन् ।

सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु

देशभरका सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा वार्षिक रुपमा हजारौंको संख्यामा मानिसहरुले ज्यान गुमाएको देखिन्छ । सवारी दुर्घटनाकै कारण प्रत्येक दिन ३७ वटा सवारी दुर्घटना भइरहेको र ७ जनाले ज्यानन गुमाइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा १० हजार ९ सय ६५ वटा सवारी दुर्घटनाका घटना भएको थिए । जसमा २ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका थिए भने ४ हजार ३ सय ७६ जना गम्भीर र १० हजार ३ सय ६० जना सामान्य घाइते भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा १३ हजार ३ सय ६६ सवारी साधन दुर्घटना भएका थिए । दुर्घटनामा परी २ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका थिए । त्यस्तै सवारी दुर्घटनामै परी ४ हजार ३ सय ७६ जना गम्भीर र १० हजार ३ सय ६० जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसरी पुरै आर्थिक वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षको ५ महिनाभित्र ७ हजार ५ सय ५ वटा सवारी दुर्घटना भएका छन् । जसमा १ हजार ३० ज्यानले ज्यान गुमाएका छन् ।

त्यसैगरी ४ हजार ३ सय ७६ जना गम्भीर र १० हजार ३ सय ६० जना सामान्य दुर्घटनामा परेका छन् ।

यसरी हेर्दा सवारी दुर्घटनाकै कारण हरेक दिन ७ जना व्यक्तिले ज्यान गुमाउनु परेको छ । यो तथ्याङ्क अनुसार सवारी दुर्घटनाको संख्या हेर्दा प्राकृतिक प्रकोपको तथा माहामारी फैलिएको जस्तो देखिन्छ ।

दुर्घटना न्यूनीकरण गर्ने कार्ययोजना

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्धारित समयसिमा सहितको कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेपछि त्यसलाई न्यूनीकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गृह तथा भौतिक मन्त्रालय, सडक विभाग, यातायात विभाग लगायत सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर संयुक्त रुपमै निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातयात दुर्घटना हुँदा ठूलो जनधन क्षति हुने औल्याउँदै सार्वजनिक यातायातका चालकलाई तालिम, सवारी चालक अनुमति पत्रको पुनः परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिएका छन् ।

कारवाहीको प्रक्रियाबाट दुर्घटना हटाउन सकिन्छ

सरकारले दुर्घटना न्यूनीकरणका लागि कार्ययोजना बनाएर अघि तयारी थालेको छ । तर कार्ययोजनाले दुर्घटनामा कमी नआउने पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथू बताउँछन् ।

‘५० प्रतिशत दुर्घटना मानवीय त्रुटीकै कारण भइरहेको छ’ खबरहबसँगको कुराकानीमा उनले भने,‘चाकलका लापरवाहीले भएका दुर्घटनामा चालकलाई कानून अनुसार अनिवार्य रुपमा कारवाही गर्नुपर्छ ।’

हाछेथूका अनुसार पछिल्ला समय दुर्घटनाले विकराल रुप लिएपनि सम्बन्धित निकायले जिम्मेवारी ढंगले हेर्न सकेको छैन ।

‘मापसे गरेर सवारी चलाएको पाइएमा १ हजार जरिवानाको व्यवस्था छ, एकहजार दिने फेरि अर्को दिन मापसे गरेरै सवारी चलाउने धेरै छन् यहाँ’ हाछेथू भन्छन्, ‘कहिलेसम्म त एकहजार उठाउँदै चालकलाई छोड्ने ?’

जरिवानासँगै लाइसेन्स निलम्बन गर्ने र सजायका लागि कारागार पठाउने हो भने दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ४ : ३६ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ