‘मिटू’ बारे राधिका आप्टेको जवाफ, भनिन् – धेरै कुरा बाहिर आएकै छैनन् | Khabarhub Khabarhub

‘मिटू’ बारे राधिका आप्टेको जवाफ, भनिन् – धेरै कुरा बाहिर आएकै छैनन्


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री राधिका आप्टेले बलिउडमा मिटु मुभमेन्ट आएर गए पनि यसले खासै फरक नपारेको बताएकी छिन् । केही समयअघि भारतमा मात्र नभएर विश्वभर नै मिटु मुभमेन्टले छोएको थियो ।

यो मुभमेन्टबाट बलिउड पनि अछूतो रहन सकेको थिएन ।

बलिउडका महिला कलाकारले मिटु मुभमेन्टपछि कैयन् कलाकार, लेखक, सेलिब्रेटीलाई हिंसा गरेको आरोप लगाएका थिए ।

‘मिटू आन्दोलन आयो र गयो, यो निराशाजनक हो, यसले धेरै कुरा बदलिनुपर्ने थियो, त्यो बदिलिएन,’ आप्टेले भनिन्, ‘धेरै कुरा बाहिर आएनन्, न त आएका कुरा नै बदलिए ।’

उनले यो मुभमेन्ट वास्तवमै निराशाजनक रहेको धारणा राखिन् ।

आप्टेको बुझाइमा यो मुभमेन्टले भेदभावको विषयमा पनि कुनै परिवर्तन ल्याएन । उनले पारिश्रमिकको विषयमा पनि खुलेर आफ्नो धारणा राखिन् ।

आप्टेले पारिश्रमिकको हिसाबले पनि बलिउडमा समानता नभएको बताइन् । उनले भनिन्, ‘यहाँ पारिश्रमिकमा पनि समानता नै छैन, हामीले यसबारेमा कहिल्यै कुरा गर्दैनौँ ।’

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ११ : ५५ बजे

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा