कुन बैंकले दिए कति लाभांश ? | Khabarhub Khabarhub

कुन बैंकले दिए कति लाभांश ?


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक बर्षको मुनाफाबाट बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

सबै भन्दा धेरै लाभांश दिने बैंकमा एनएमबि बैंक बनेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानिकर्तालाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस लाभांश दिएको छ ।

नविल बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस गरि ३४ प्रतिशत लाभांश दिएको छ । त्सस्तै गरि बढी लाभांश दिने बैंकमा सिद्धार्थ पनि परेको छ । बैकले बोनस सेयर १० प्रतिशत छ भने नगद लाभांश १५.२६ प्रतिशत गरी कुल २५.२६ प्रतिशत लाभांश दिएको छ ।

ग्लोबल आइएमई बैंकले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नै नगद लाभांशसहित २५.५० प्रतिशत लाभांश दिएको छ । कृषि विकास बैंकले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश सहित २५ प्रतिशत लाभांश दिएको छ भने नेपाल बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी सिभिल बैंकले ६.५७ प्रतिशत, मेगाले ११.७५ प्रतिशत र स्ट्यान्डर्डले २२.५ प्रतिशत नगद लाभांश दिने भएका छन् । २५ वटा बैंकमा सबैभन्दा कम लाभांश दिने बैंकमा सिभिल बैंक रहेको छ । सिभिल, मेगा र स्टयान्डर्ड  चार्टर्ड बैंकहरुले बोनस नदिने र नगद लाभांश मात्रै दिने गरेका छन् ।

सिभिलले ६.५७, मेगाले ११.७५ र स्टयान्र्डडले २२.५ प्रतिशत नगद लाभांश दिने भएको हुन् ।

अघिल्ला वर्षहरुमा बैंकहरुले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउनको लागि बोनसको पनि साथ लिएका थिए । ८ अर्ब पुँजीको चटारोमा रहेका बैंकहरु अब २० अर्ब हाराहारीमा पुँजी पुर्याउने तर्खरमा लागेका छन् ।

यति बेला बैंकहरुलाई पुँजीको चटरो छैन । त्यसैले गर्दा पनि नगदमा भन्दा बोनसमा बढी ध्यान गएको लगानीकर्ताको भनाई छ ।

यस्तै गत आव भन्दा बैंकहरुले आव २०७४र ७५ मा बोनसमा भन्दा नगद लाभांशमा बढी ध्यान दिएको देखिएको छ । आत २०७४र७५ मा १६ वटा बैंकहरुले मात्रै लगानीकर्तालाई बोनस दिएका थिए ।

उक्त आवमा सबैभन्दा बढी बोनस दिने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकको रहेको थियो । बैंकले १८ प्रतिशत बोनस सहित ४० प्रतिशत लाभांश दिएको थियो । उत्त आवमा सबैभन्दा बढी लाभांश दिने बैंकमा पहिला इन्भेष्टमेन्ट, दोस्रोमा नबिल बैंकको ३४ र एनएमबी बैंकको ३० प्रतिशत रहेको थियो ।

अघिल्लो आवमा बैंकहरुले बोनस भन्दा बढी नगद लाभांश नै दिएका थिए । अघिल्लो आवमा माछापुच्छे«, एभरेष्ट, नेपाल बंगलादेश, स्टयान्डर्ड, चार्टर्ड, सनराइज, सानिमा, ग्लोबल आईएमई बैंकले नगद लाभांश मात्रै दिएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : २५ बजे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने

गिजोलिएको टीआरसी विधेयक : सत्तारुढको हतारो, प्रतिपक्षको मोलतोल 

सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकबारे नयाँ बनेको पाँच दलीय गठबन्धन सरकारले

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा