मानवमूत्र प्रयोगसम्बन्धी तालिम सम्पन्न | Khabarhub Khabarhub

मानवमूत्र प्रयोगसम्बन्धी तालिम सम्पन्न


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क- ‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सम्बन्धी तीनदिने तालिम सन्धिखर्कको किमडाँडामा सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको सो तालिममा किमडाँडाका अगुवा किसान, विद्यार्थी र शिक्षक गरी १ सय जनाको सहभागिता थियो ।

तालिमको समापन अवसरमा सन्धिखर्क नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादन वृद्धि गर्न खेर गइरहेको मानवमूत्र र काम नलाग्ने वनस्पतिबाट मल उत्पादन गर्न र उत्पादन लागतमा कमी ल्याउन तालिमको आयोजना गरिएको बताए ।

प्रशिक्षक श्रीरेन्द्रप्रसाद पोखरेलले खेर गइरहेको मानवमूत्र प्रयोग गरे तरकारी उत्पादनमा वृद्धि हुने बताए ।

अर्घाखाँचीमा यस्तो खालको तालिम पहिलोपटक प्रदान गरिएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : ०४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न