ग्रह दोष निवारणका लागि मरिचको प्रयोग कसरी गर्ने ? (धार्मिक विधिसहित) | Khabarhub Khabarhub

ग्रह दोष निवारणका लागि मरिचको प्रयोग कसरी गर्ने ? (धार्मिक विधिसहित)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लाखौं कोशिस पश्चात पनि कैयौं पटक कुनै काम पूरा गर्न सकिरहनु भएको छैन वा बन्न लागेको काम समेत अन्तिममा आएर बिग्रने गरेको छ ?

यदि तपाईको जीवनमा यस्ता समस्या बारम्बार देखा परीरहेको छ भने तपाईकै भान्सामा रहेको एक साधारण बस्तुले यस समस्याको समाधान गर्ने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

सायद तपाईलाई पत्याउन मुस्किल पर्छ होला । भान्सा भित्रै पाइने कुनै एक वस्तुले तपाईले चाहेर पनि बारम्बार गर्न नसकेको कामलाई फत्ते गर्न सहयोग गर्दछ भनेर । यसरी बिग्रेको काम वा लगातारको प्रयासबाट बन्न नसकेको काम पूरा गर्न मरिच लाभदायक मानिन्छ । मरिचको प्रयोग कहाँ र कसरी गरे काम बन्दछ ?

१. मुख्यद्वारमा राख्ने

यदि तपाईको पटक–पटक काम बिग्रने गरेको छ भने घरबाट बाहिर निस्कदा घरको मुख्य द्वारको दुबै तर्फ ३÷३ वटा मरिच राखि त्यसलाई पैतालाले किचेर बाहिर निस्कनु होस् । लगातार केही दिन यसो गर्नाले तपाईका बिग्रने काम एकाएक राम्रो भएर जानेछ । साथै सफलता मिल्नेछ ।

२. दियो बाल्ने

५ दाना मरिचलाई एक दियोमा राखेर घरको कुनै एक कुनामा बाल्नुहोस् । यसरी बाल्दा स्मरण रहोस्, त्यो कुना आउने–जाने मानिसको प्रत्यक्ष्ँ नजर पर्ने स्थान हुनुपर्छ । यसरी बालिएको मरिचको दानालाई ७ दिनपछि बाहिर लगेर फ्याक्नुहोस् । यसो गर्नाले घरमा पर्ने खराब नजर हटेर जानेछ ।

३. शनि दोष हटाउने

यदि तपाईमा शनि दोष वा अन्य कुनै ग्रहको दोष छ भने त्यसलाई समेत मरिचको प्रयोगले हटाउन सकिनेछ । एक थान कालो कपडामा केहि रकमका साथ ७ दाना मरिचलाई बाधेर दान दिँदा तपाईमा भएको दोष हटेर जानेछ । यदि दान दिन पाइएन भने खोलामा बगाउनु होला ।

४. धन प्राप्त गर्न

अप्रत्यासित वा गुप्त धन प्राप्त गर्न पनि मरिचको प्रयोग उपयोगी साबित हुन्छ । मरिचका ५ दानालाई आफ्नो शिर माथि ७ पटक घुमाएर राम्रो ओहोरदोहोर हुने सडकको चारै दिशामा फ्याक्नुहोस् । पाँचौ दानालाई आकाश तर्फ फ्याकेर पछाडि फर्केर नहेरी घर आउनुहोस् । यसले तपाईलाई कुनै अप्रत्याशित वा गुप्त धन प्राप्त गराउने छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ५ : १३ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन