विश्वकप छनोटमा नेपाल कुवेतसँग पराजित | Khabarhub Khabarhub

विश्वकप छनोटमा नेपाल कुवेतसँग पराजित


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट अन्तरगत खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपालविरुद्ध कुवेतका कप्तान बादेर अल अलमोतावाले गोल गरे ।

नले खेलको २८ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।

नेपाली खेलाडीले रक्षात्मक खेलेपनि गोल फर्काउन सकेनन् । कुवेतले दोस्रो हाफमा गोल गर्ने अवसर पाए पनि थप गोल गर्न सकेन ।

घरेलु दर्शकमाझ हुनुपर्ने खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानमा खेलाइएको हो । नेपालले यसअघिभन्दा सुधारिएको प्रदर्शन गरेको थियो । यसअघि नेपाल अवे खेलमा कुवेतसँग ७–० गोलले पराजित भएको थियो ।

जितसँगै अंक तालिकामा कुवेत शीर्ष दोस्रो स्थानमा रहेको छ । पराजित नेपाल ३ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ४ : ४६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म