सागमा स्वर्ण जित्ने क्रिकेट टोलीको लक्ष्य | Khabarhub Khabarhub

सागमा स्वर्ण जित्ने क्रिकेट टोलीको लक्ष्य


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा कमजोर प्रदर्शन गरेर मंगलबार नेपाल फर्किएको नेपाली क्रिकेट टोलीले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।

काठमाडौं ओर्लिएपछि कप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सुधार गर्नु पर्ने पक्ष धेरै रहेको बताउँदै उनले विशेष गरी ब्याटिङ पक्षमा धेरै सुधार गर्न सके सागमा स्वर्ण जित्ने दाबी गरे ।

‘भ्रमण ठिकै भयो । तर, सोचेजस्तो हुन सकेन । भारत र बंगलादेशसँग अझै राम्रो गर्न सकिन्थ्यो होाल । भारतसँग २३० रनभन्दा बढी रन बन्न सक्थ्यो । बंगलादेशसँग हामीले २०० रन नै छुन सकेनौं,’ कप्तान मल्लले विमानस्थलमा भने,‘तर उनीहरु राम्रो टिम पनि हुन ।  त्यो भन्दा पनि हामीले उनीहरुसँग प्रतिस्पर्धात्मक खेल खेल्न सकेनौं । टिममा सुधार गर्नु पर्ने कुराहरु धेरै छन् ।’

बंगलादेशमा खेल्दा नेपाली खेलाडीमा अनुभव कम हुँदा पनि समस्या भएको उनको भनाइ थियो । बलियो विपक्षी टिम भएकाले उनीहरुसँग खेल्न समस्या भएपनि केही कुराको अनुभव बटुलेकाे कप्तान मल्लले बताए ।

‘बलियो विपक्षी भएकोमा उनीहरुसँग विपक्षीलाई कसरी दबाबमा राख्ने भन्ने कुराहरु सिक्न पाइयो । खेल एक्सपोजर पाइयो भने विस्तारै ब्याटिङ सुधार हुन्छ जस्तो लाग्छ,’ मल्लले भने ।

शुरुका दुई खेलमा रन जोड्न नसकेका मल्लले अन्तिम बंगलादेशसँगको खेलमा २२ रन बनाएका थिए । तर, उनले आफूले राम्रो खेल्न नसकेको स्वीकारे ।

पूर्ण कप्तान भएपछिको पहिलो विदेश भ्रमणमा टिमका अन्य खेलाडीहरुले राम्रो साथ दिएको मल्लले बताए ।

मंसिर १५ देखि २४ सम्म आयोजना हुन लागेको सागमा स्वर्ण जित्ने लक्ष्य रहेको मल्लले बताएका छन् ।

‘घरमै हुन लागेको सागमा स्वर्ण जित्ने नै लक्ष्य हो,’ कप्तान मल्लले भने ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ४ : ३९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द