स्वस्तिमाको 'चपली हाइट ३' को शुभमुहूर्त | Khabarhub Khabarhub

स्वस्तिमाको ‘चपली हाइट ३’ को शुभमुहूर्त


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म  ‘चपली हाइट ३’को शुभमुहूर्त गरिएको छ । मंगलबार राजधानीको कार्यविनायक मन्दिरमा पूजाआजा गर्दै फिल्मको मुहूर्त गरियो ।

फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । यसअघि ‘चपली हाइट’ नामका दुई फिल्म निर्माण भइसकेका छन् । फिल्मको तेस्रो भागमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहने निर्माण टिमले जनाएको छ । फिल्मलाई सस्पेन्स थ्रिलर भनिएको छ ।

निकेश खड्काले निर्देशन गर्ने फिल्मको छाया‍ंकन मंसिर ५ गतेदेखि थालिनेछ ।

‘चपली हाइट’ को पहिलो भागले व्यावसायिक सफलता हात पारेको थियो भने दोस्रो फिल्मले खासै राम्रो व्यापार गर्न सकेको थिएन । पहिलो र दोस्रो भागलाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ३ : २८ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार