भक्तपुरको ६ लेन सडक सडकमा अब 'अँध्यारो नहुने', सोलार बत्ती जडान शुरु | Khabarhub Khabarhub

भक्तपुरको ६ लेन सडक सडकमा अब ‘अँध्यारो नहुने’, सोलार बत्ती जडान शुरु


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– अरनिको राजमार्ग खण्डमा रहेको ६ लेन सडकको जडीबुटी मनोहरा पुलदेखि मध्यपुरथिमिको राधेराधेसम्म सोलार बत्ती राख्ने कामको शुरुवात भएको छ । ‘उज्जालो, सफा र हराभरा भक्तपुर’ भन्ने नारालाई सार्थक बनाउने क्रममा पहिलो चरणमा मनोहरा पुलबाट सूर्यविनायकसम्म हरियाली अभियान सफल भएपछि सडक उज्यालो बनाउने काम शुरु भएको छ ।

भक्तपुरमा अरनिको राजमार्गलाई सधैँ उज्यालो र हरियाली बनाउन मनोहरादेखि राधेराधेसम्म ४२१ वटा सोलार बत्ती राख्ने कार्यको शुभारम्भ भएको हो । मध्यपुरथिमि नगरपालिकाको सहयोगमा एएमपिएम कम्पनीले आजबाट यो सडकमा सोलार बत्ती राख्न शुरु गरेको छ ।

बत्ती जडानको पहिलो चरणमा राधेराधेसम्म र दोस्रो चरणमा सूर्यविनायक नगरपालिका क्षेत्रमा सोलार बत्ती राखिने भएको छ । यस सडकमा राखेको एक वटा सोलार बत्तीको करिब रु एक लाख पर्ने बताइएको छ । सडक दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक आइलाइन र डिरेक्सन बोर्डसमेत राखिने भएको छ ।

सडक बत्ती जडान शुरु भएपछि सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको टोलीले मंगलबार अनुगमन र निरीक्षण गरेका छन् । सांसद बस्नेतले काठमाडौँ उज्यालो सहरको रुपमा रहेको तर भक्तपुर सधैं अँध्यारो सडकको रुपमा रहँदा रात्रिमा पनि दुर्घटना बढेको बताउँदै अब भक्तपुरका सडक पनि सधैँ उज्यालो हुने बताए ।

सांसद बस्नेतले भने, ‘अरनिको राजमार्गलाई हरियाली र सौन्दर्य बनाउन वातावरण विभागको सहयोगमा बेल्जियमको दुबो लगाई हरियाली बनाउने कार्य भएको छ, अब अरनिको राजमार्गलाई सोलार बत्तीबाट उज्यालो बनाई उज्यालो भक्तपुरको अभियान पनि पूरा गर्दैछौं, सफा राजमार्गका लागि हनुमन्ते सफाइ अभियानबाट हरेक साता राजमार्ग सफाइ गर्दै आएका छौं ।’

कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख श्रेष्ठले सोलार बत्ती र हरियाली बनाउने कार्य राम्रो भएको र यसको संरक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ३ : १८ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न