मिरुनाको अनुभव– महिला हिंसा सुनिने मात्र होइन, हुने कुरा नै हो | Khabarhub Khabarhub

मिरुनाको अनुभव– महिला हिंसा सुनिने मात्र होइन, हुने कुरा नै हो


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिरुना मगरले ‘लालपुर्जा’ मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी थिइन् । यो फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेन । तर उनलाई दर्शक र मेकरबीच भने चिनायो ।

मिरुनाको अभिनय रहेको फिल्म ‘रोज’ ले पनि व्यावसायिक रुपमा खासै सफलता हासिल गर्न सकेन । फिल्ममा प्रदीप खड्का र मिरुना मगरको कामको भने राम्रै चर्चा भयो ।

यतिबेला मिरुना फिल्म ‘चचहुई’ मार्फत पर्दामा देखा पर्दैछिन् । फिल्मको प्रचारमा मिरुना पनि लागिपरेकी छिन् । निर्देशक साम्तेन भुटियाले मिरुना र आर्यन सिग्देललाई अनस्किृन जोडी बनाइदिएका छन् ।

व्यावसायिक रुपमा सफल फिल्म दिन नसकेकी मिरुना आफूले अभिनय गरेका फिल्मबाट जस्तो प्रतिक्रिया पाएकी छिन्, ती प्रतिक्रियाबाट खुशी भएको बताउँछिन् ।

‘मैले जस्तो रेस्पोन्स पाइरहेकी छु, त्यसमा म सन्तुष्ट छु,’ मिरुना भन्छिन् ।

फिल्म ‘लालपुर्जा’ देखि ‘चच हुई’ सम्म आइपुग्दा आफूले धेरै कुरा सिकेको उनी बताउँछिन् । फरक–फरक निर्देशक र टिमसँग काम गर्दा आफूले नयाँ अनुभव बटुलेको उनको अनुभव छ । यसहिसाबले मिरुना अहिले पनि आफूलाई ‘सिकारु’ अभिनेत्री भन्दा कुनै अप्ठेराे मान्दिनन् ।

‘मैले हरेक फिल्ममा काम गर्दा नयाँ अनुभव बटुल्ने मौका पाएकी छु, प्रदीप खड्कासँग ‘रोज’ मा काम गर्दा पनि मलाई फाइदा नै भएको थियो,’ मिरुना अगाडि थप्छिन्, ‘प्रदीप खड्काको ठूलो फ्यान समूह छ, त्यो समूहमा म समेत चिनिने मौका पाएँ, कति फ्यानले त अहिले पनि म्यासेज गर्नुहुन्छ ।’

मिरुना ‘चच हुई’ टिमसँग काम गर्दा पनि आफूलाई रमाइलो लागेको बताउँछिन् । यो फिल्म आफैमा कमेडी भएकाले पनि फिल्ममा काम गर्दा थप सहज भएको मिरुनाको बुझाइ छ ।

‘चच हुईमा काम गर्दा अरु फिल्ममा भन्दा फरक तरिकाले काम गरेको महसूस भयो, आर्यन दाइ भोलाराज दाइको ‘सेन्स अफ ह्युमर’ बडो गज्जबको लाग्यो,’ मिरुना सुनाउँछिन् ।

फिल्ममा आर्यन सिग्देल र भोलाराज सापकोटाको पनि शीर्ष भूमिका छ । मिरुना दुवै शीर्ष कलाकारसँगको काम गर्दाको क्षण रमाइलो भएको बताउँछिन् ।

‘आर्यन दाइले मुड नै फ्रेस गरिदिनुहुन्थ्यो, उहाँ आउँदा हामीलाई पहिले नै रमाइलो लाग्थ्यो,’ उनी सुनाउँछिन् ।

यतिबेला मिरुना अर्को एक फिल्मको छायांकनमा व्यस्त छिन् । फिल्मको नाम भने अझै फाइनल भइसकेको छैन । समाजशास्त्रकी विद्यार्थी मिरुना भविष्यमा सामाजिक कार्यमा पनि सक्रिय रहने बताउँछिन् । अहिले पनि आफूले एक विद्यालयलाई सहयोग गरेको बताउँछिन् मिरुना ।

परिवारका साथ लण्डनमा बस्दै आएकी मिरुना नेपालमै केही गर्न सकिन्छ भनेर नेपाल फर्किएको बताउँछिन् । ‘उता भए पनि हामी नेपाली संस्कृतिमै हुर्कियौँ, लण्डन हुँदा नेपाली भाषा बिर्सिन्छ भनेर घरमा अङ्ग्रेजी बोल्न पाइँदैनथ्यो,’ मिरुना स्मरण गर्छिन् ।

फिल्म उद्योगमा सङ्घर्षरत रहेकी मिरुना नेपालमा एक्लै बस्नुपर्दा व्यक्तिगत रुपमा आफ्नो वृत्तिलाई विकास गर्दै लैजाने मौका पाएको बताउँछिन् ।

‘यहाँ मैले व्यक्तिगत रुपमा अपडेट गराउने मौका पाएँ झैँ लाग्छ,’ मिरुना भन्छिन् ।

काठमाडौंमा बस्दा शुरुवाती दिनमा असहल भएको तर अहिले सहज हुँदै गएको उनको बुझाइ छ ।

नयाँ नायिकालाई फिल्म क्षेत्रमा सङ्घर्षका बेला महिला हिंसा हुन्छ कि हुँदैन भन्ने खबरहबको प्रश्नमा मिरुना भन्छिन् – ‘मलाई लाग्छ, महिला हिंसा सुनिने कुरा मात्र होइन हुने कुरा नै हो ।’

उनी आफू त्यसरी ‘एक्स्ट्रिम’ लेभलमा महिला हिंसामा नपरेको बताउँछिन् । ‘मैले पहिले महिला हिंसाका बारेमा तालिम लिएकी थिएँ, त्यसैले पनि कसको कस्तो नियत छ भन्ने बुझ्न केही सहज भएको छ कि भन्ने लाग्छ,’ मिरुना सुनाउँछिन् ।

‘सचेतताले गर्दा म महिला हिंसामा परिनँ कि जस्तो लाग्छ, तर मान्छेको नियत त मैले पनि फिल गरेकी छु,’ मिरुना अगाडि थप्छिन्, ‘हुन त हरेक क्षेत्रमा महिला हिंसा हुन्छ, यो क्षेत्र बढी मिडियामा आउने भएकाले चर्चामा रहेको होला ।’

उनी बाटोमा बसेर केटाहरुले केटी जिस्काउनु पनि महिला हिंसा भएको धारणा राख्छिन् ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : ३८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६