पूर्वाधार विकास बैंकको ८ अर्बको आइपीओ आउँदै | Khabarhub Khabarhub

पूर्वाधार विकास बैंकको ८ अर्बको आइपीओ आउँदै


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास बैंकले ८ अर्ब रुपैयाँ बरावरको साधारण सेयर निष्कासन गर्ने भएको छ । बैंकको मंसिर २९ गते बस्ने साधारणसभामा आइपीओ निष्कासन गर्ने तथा पुँजी वृद्धि गर्ने प्रस्ताव गर्न लागेको हो ।

चुक्ता पूँजी २० अर्ब पुर्‍याउने प्रस्ताव समेत साधारणसभामा पेश हुने जनाइएको छ । गत असोजसम्ममा बैंकको सञ्चित कोषमा ९७ करोड ४८ लाख रुपैयाँ रहेको बैकको नाफा १८ करोड ५८ लाख रुपैयाँ छ ।

सरकारको १० प्रतिशत शेयर रहेको बैंकमा बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व छ ।

बैकले कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा रहेको करुवा सेती हाइड्रोपावरमा लगानी गरेको छ । जुन परियोजना ३२ मेगावाट उत्पादन क्षमताको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : १३ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक