युरोकप छनोट फुटबलः अर्मिनियाको पोस्टमा इटालीको ९ गोल | Khabarhub Khabarhub

युरोकप छनोट फुटबलः अर्मिनियाको पोस्टमा इटालीको ९ गोल


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोकप छनोट अन्तर्गत गएराति भएको खेलमा ईटालीले शानदार जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले पराजित गरेको छ ।

सिरो ईम्मोबाईल र निकोलो जानिलोले समान दुई तथा चेल्सीका मिडफिल्डर जोर्गिन्होले दोस्रो हाफमा पेनाल्टीमा गोल गरेका थिए ।

यस्तै निकोलो बरेला, एलेसियो रोमागोन्ली, रिकार्डो आरसोलिनी र फेडरिको चियासाले एक एक गोल गरे । अर्मिनियाका ईडगर बाबायानले एक गोल फर्काए ।

बाबायानले ईटालीलाई ईतिहासकै सबैभन्दा ठूलो जित निकाल्नबाट भने रोकेका थिए । सन् १९४८ मा ईटालीले अमेरिकालाई ९–० गोल अन्तरले हराएको थियो ।

विश्वकप २०१८ मा छनोट हुन असफल ईटालीले युरोकप छनोटमा भने शानदार प्रर्दशन गर्यो । ईटालीले छनोटका १० खेलमा शतप्रतिशत जित आत्मसाथ गर्यो । र समूह जेको शीर्ष स्थानमा रहँदै छनोटको अन्त्य गर्यो । अर्मिनिया १० अंक सहित पाँचौ स्थामा रह्यो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ६ : ३० बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको