उपनिर्वाचनका लागि आयोगको तयारी तीव्र | Khabarhub Khabarhub

उपनिर्वाचनका लागि आयोगको तयारी तीव्र


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्यसहित कूल ५२ पदमा निर्वाचन गर्ने गरी आवश्यक तयारी गरेको छ ।

आयोगले आज एक प्रेस विज्ञप्तिमार्फत मतदानको आवश्यक तयारी भइरहेको र व्यवस्थापनको काम भइरहेको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ एक, प्रदेशसभातर्फ तीन, स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी कूल ४८ गरी ५२ रिक्त पदमा उपनिर्वाचन हुने जनाएको छ ।

प्रतिनिसभा सदस्यतर्फ कास्की क्षेत्र नं २ र प्रदेशसभातर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १, बाग्लुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ र दाङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने निर्वाचनका लागि यही कात्तिक २१ गते उम्मेदवारको मनोनयन हुने जनाएको छ ।

आयोगले आज प्रकाशित गरेको तालिकाअनुसार कात्तिक २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते मनोनय र उजुरीमाथि जाँचबुझ गर्ने, २४ गते उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते निर्वाचन चिह्न प्रदान गर्ने र आगामी मंसिर १४ गते मतदान हुनेछ ।

यस्तै स्थानीय तहतर्फ निर्वाचन हुने कूल ४८ पदका लागि यही कात्तिक २७ गते मनोनयपत्र दर्ता गराउने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

यस्तै, २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आगामी मंसिर १ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरेको छ । स्वीकृत भएको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ९ : १८ बजे

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

महोत्तरी– महोत्तरीको मटिहानी–६ स्थित मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित

पोखरामा भोलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार