अवार्ड दिलाउने नाममा अध्यक्षबाटै ‘इमोसनल ब्ल्याकमेलिङ’ | Khabarhub Khabarhub

अवार्ड दिलाउने नाममा अध्यक्षबाटै ‘इमोसनल ब्ल्याकमेलिङ’


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा हुन लागेको ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’का महासचिव तथा कलाकार संघ युएसएका अध्यक्ष सुमन बुढालाई पदबाट निलम्बन गरिएको छ ।

अवार्ड दिलाइ दिने नाममा पटक–पटक इमोसनल ब्ल्याकमेलिङ र सेक्सुअल ह्यारेस्मेन्ट गरेको आरोपमा उनलाई पदबाट निलम्बन गरिएको आयोजकले जनाएको छ ।

अध्यक्ष बुढाले अवार्ड दिलाउने नाममा आफूलाई पटक–पटक इमोसनल ब्ल्याकमेलिङ र सेक्सुअल ह्यारेस्मेन्ट गरेको कलाकार छिरिङ डोमा शेर्पाले आरोप लगाएकी हुन् । अवार्ड आयोजक संस्था वर्ल्ड कनेक्शन युएसए इन्कले विज्ञाप्ति जारी गर्दै संघका वर्तमान अध्यक्ष बुढालाई निलम्बन गरेको जनाएको हो ।

युएसए इन्कका उपाध्यक्ष दावा शर्पा र फेदर क्रियशनका निर्देशक सुरज राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अवार्ड कार्यक्रमको व्यवस्थापकका रुपमा तपाइँ सुमन बुढालाई अवार्डको मूल समारोह समितिबाट निलम्बन गरिएको छ ।’

अवार्डसँग जोडिएर गम्भीर आरोप लागेपछि उनलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : ३१ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै