सागलाई लक्षित गरी महिला भलिबल टोली वैदेशिक प्रशिक्षणमा | Khabarhub Khabarhub

सागलाई लक्षित गरी महिला भलिबल टोली वैदेशिक प्रशिक्षणमा



काठमाडौं– काठमाडौं र पोखरामा आगामि मंसिर दोस्रो साता (१५–२४) बाट आयोजना हुन १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि बन्द प्रशिक्षणमा रहेको महिला भलिबल टोलीले यतिबेला थाइल्यान्डमा अभ्यास गरिरहेको छ ।

झण्डै ३ महिना काठमाडौंमा सागको बन्द प्रशिक्षण गरेको महिला टोलीले अब २० देखि २२ दिन थाइल्यान्डको राजधानी बैंककमा रहेको एसियन प्रशिक्षण केन्द्रमा अभ्यास गर्नेछन् ।

बन्द प्रशिक्षणमा रहेका १८ जना खेलाडीसहित २२ जनाको भलिबल टोली थाइल्यान्डमा रहँदा त्यहाँका स्थानीय क्लब, स्कुलका टिम तथा थाइल्यान्डको उमेरसमूहका टोलीसँग खेल्ने प्रशिक्षक भट्टले बताइसकेका छन् ।

वैदेशिक प्रशिक्षणमा गएका खेलाडीहरुले थाइल्यान्डमा अभ्यास गर्नुलाई नयाँ अनुभव बढुल्ने अवसरका रुपमा लिएका छन् । महिला भलिबल टोली पहिलो पटक थाइल्यान्डमा अभ्यासका लागि गएको प्रशिक्षक भट्टले बताए ।

‘थाइल्यान्डमा हामी २० देखि २२ दिनको बन्द प्रशिक्षण गर्छौं । त्यसक्रममा त्यहाँका ५–६ क्लब र स्कुलका टोलीहरुसँग अभ्यास खेल समेत खेल्छौं,’ प्रशिक्षक भट्टले भने,‘यसरी त्यहाँ खेल्दा घरेलु मैदानमा आयोजना हुन लागेको सागमा राम्रो नतिजा ल्याउन मद्दत पुग्नेछ ।

त्यसो त, महिला भलिबल टोलीमा प्रारम्भिक चरणमा खेलाडी छनोट गर्दा देखि नै भलिबल संघ विवादमा तानिएको थियो ।

संघले अनुभवी खेलाडी पूर्व कप्तान विनिता बुढाथोकी, उपकप्तान मञ्जु गुरुङ, अनुभवी खेलाडी कोपिला उप्रेती, नेबिका चौधरी, मनिषा चौधरी र कृपा अधिकारीलाई प्रारम्भिक टोलीमै राखेन ।

उनीहरुलाई बढ्दो उमेर र खस्किँदो प्रदर्शनको कारण देखाउँदै भलिबल संघले बनाएको छनोट समितिले ६ जनालाई योग्न नठानेको बताइन्छ ।

अनुभवी खेलाडीविना नै बन्द प्रशिक्षण थालेको महिला भलिबल टोलीका खेलाडीमा अहिले तादम्यता आइसकेको प्रशिक्षकको दाबी छ ।

‘अहिले टोली राम्रो ‘साइज’ मा आएको छ । खेलाडी फिट छन् । उनीहरुलाई अब मात्रै ‘म्याच एक्सपोजर’ को आवश्यकता छ,’ प्रशिक्षक भट्टले भने ।
अहिले युवा टोली भएकै कारण राखेपले पनि सागकै लागि प्राथमिकतामा राखेर भलिबल टोलीलाई वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको छ ।

नेपाल भलिबल संघको पहलमा एसियन भलिबल कन्फेडेरेसन (एभिसी) को समन्वय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा महिला टोली थाइल्यान्ड गएको हो ।

युवा खेलाडीको वर्चस्व रहेको भलिबल टोलीसामु घरेलु मैदानमा राम्रो नतिजा ल्याउनु पर्ने चुनौति रहेको प्रशिक्षक भट्टले बताए ।

काठमाडौंमा अभ्यास गरिरहे पनि अभ्यास स्थल व्यस्त रहेकाले शुरुवाती चरणमा त भलिबल टोलीको अभ्यास समय समेत टुङ्गो हुँदैन थियो । तर, पछिल्लो समय लगातार दशरथ रंगशालास्थित कभर्डहलमा अभ्यास गरिरहेको टोली असोज ३० गतेदेखि अत्याधुनिक प्रशिक्षण स्थलमा अभ्यास गर्ने प्रशिक्षक भट्ट बताउँछन् ।

त्यहाँ रहँदा नेपाली महिला टोलीभन्दा बलियो टोलीहरुसँग खेल्ने भट्टले बताए ।

‘त्यहाँ रहँदा हाम्रो भन्दा राम्रो टोलीसँग खेल्छौं । अहिले ५–६ वटा खेल खेल्ने भन्ने छ र त्यहाँका टिमहरुको स्तर हेरेर कति खेल्ने के खेल्ने भन्ने हुन्छ पक्का हुन्छ,’ प्रशिक्षक भट्टले भने,‘खेलाडीको फिटनेस लेभलमा आएको छ । खेलाडीहरुले नयाँ अनुभव पक्कै बटुल्नेछन् ।’

थाइल्यान्ड टुरले बन्द प्रशिक्षणमा रहेका खेलाडीको आत्मविश्वास बढाउन सहयोग गर्ने उनको भनाइ छ ।

‘यो प्रशिक्षणले सहयोग त गरिहाल्छ नै । फरक–फरक टोलीसँग खेल्दा खेलाडीहरु कति आत्मविश्वासी छन् भन्ने देखाउँछ,’ प्रशिक्षक भट्टले भने ।

सागमा महिला भलिबल टोलीले स्वर्ण जित्ने लक्ष्य रहेको भट्टले यसअघि देखि नै बताइसकेका छन् । कप्तान विहीन रहेको भलिबल टोलीले अहिले अरुणा शाहीलाई कप्तानका रुपमा पाएको छ । कप्तान भइसकेपछि पनि अरुणाले आफूले सकेको राम्रो गर्ने बताइसकेकी छन् ।

थाइल्यान्डमा नेपाली टोलीले बिहीबारदेखि नै अभ्यास शुरु गरिसकेको थाइल्याण्डबाट टोलीकी सदस्य रेश्मा भण्डारीले खबरहबलाई जानकारी दिइन् । पहिलो दिनको अभ्यास राम्रो रहेको उनको भनाइ छ ।

‘थाइल्यान्डमा विहीबारदेखि हाम्रो अभ्यास शुरु भइरसकेको छ । पहिलो दिनको अनुभव राम्रो रह्यो । यहाँको टोलीसँग सायद शुक्रबारदेखि खेल खेल्छौं होला,’ भण्डारीले भनिन् ।

यो पनि पढ्नुहोस्

सागमा पदकको अपेक्षा गरिएको भलिबलको अभ्यास कमजोर !

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : १७ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३