मेक्सिकोमा प्लाष्टिक झोलामा २९ शव फेला | Khabarhub Khabarhub

मेक्सिकोमा प्लाष्टिक झोलामा २९ शव फेला


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोमा एक सयवटा प्लाष्टिकका झोलामा २९ शवका अवशेष फेला परेको अधिकारीले खुलासा गरेका छन् ।

मेक्सिकोको पश्चिमी राज्य हालिस्कोस्थित जापोपान शहरमा एक गोप्य चिहानमा २९ शवका अवशेष फेला परेको हो ।

ती शवलाई एक सयवटा प्लाष्टिकका झोलाभित्र राखिएको अवस्थामा यही महिनाको पहिलो साता फेला परेको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये १३ शवको पूर्ण अवशेष तथा बाँकी १६ शवको अवशेष अपूर्ण रहेको जनाइएको छ । फेला परेका शवमध्ये दुई जना महिलाको रहेको तथा कम्तीमा ४ जना यसअघि आपराधिक गतिविधिमा संलग्न रहेकाको भएको हालिस्को राज्यका न्यायाधिवक्ताले जनाएका छन् । यद्यपि, उनीहरु कुन प्रकृतिको अपराधमा संलग्न थिए भन्नेबारे केही खुलाइएको छैन ।

मेक्सिकोको हालिस्को राज्यमा विभिन्न लागूऔषध समूहबीच हिंसा मच्चिँदै आएको छ । त्यस क्षेत्रमा विश्वकै सबैभन्दा कुख्यात मानिने हालिस्को न्यू जेनेरेशन नामक समूहसमेत सक्रिय छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : ०४ बजे

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले