इलेक्ट्रिक चुरोटको लत छ ? सावधान ! स्वास्थ्यमा पुर्‍याउँछ यस्तो खतरा | Khabarhub Khabarhub

इलेक्ट्रिक चुरोटको लत छ ? सावधान ! स्वास्थ्यमा पुर्‍याउँछ यस्तो खतरा


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय युवापुस्तामाझ भेपिङ अर्थात् विद्युतीय चुरोट निकै लोकप्रिय बनेको छ ।

परम्परागत चुरोटभन्दा सुरक्षित हुने विश्वासका साथ युवाहरुले भेपिङको प्रयोग गर्दै आएका कारण यसलाई परम्परागत चुरोटको विकल्पका रुपमा समेत हेर्ने गरिएको छ ।

भेपिङका कारण मानिसहरुको ज्यान गएको समाचार पनि बेलाबेला सार्वजनिक हुँदै आएका छन् । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा भेपिङका कारण ६ जनाको ज्यान गुमाइसकेका छन् । भेपिङकै कारण अमेरिकामा ३८० भन्दा बढीमा गम्भीर फोक्सोको समस्या देखिएको अध्ययनले देखाएको छ ।

यसले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने गरेका कारण अमेरिकाले केही समयअघिमात्रै विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । त्यसबाहेक हालै भारतले पनि विद्युतीय चुरोटमा प्रतिबन्ध लगाएको छ ।

विद्युतीय चुरोटले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने भएका कारण प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि उठ्दै आएका छन् । विद्युतीय चुरोटले कस्तो समस्या निम्त्याउँछ ?

खासमा विद्युतीय चुरोटको लोकप्रियता पछिल्लो एक दशकयता मात्र बढेको हो । सोही कारण विद्युतीय चुरोटबाट स्वास्थ्यमा पर्ने दीर्घकालीन असरबारे विस्तृत अध्ययन भइसकेको छैन । तर, चिकित्सक एवं वैज्ञानिकहरुले भने विद्युतीय चुरोट परम्परागत चुरोटभन्दा कम घातक भने नहुने बताउँदै आएका छन् । विद्युतीय चुरोटबाट उत्पन्न हुने खतराहरु यस्ता छन्–

पड्किने डर

विद्युतीय चुरोटको पहिलो जोखिम त यो पड्किने डर नै हो । विद्युतीय चुरोट ब्याट्रिबाट चल्छ ।

विद्युतीय चुरोट प्रयोग गर्न यसलाई चार्ज गरिरहनुपर्ने हुन्छ । ब्याट्रिमा प्राविधिक गडबडी भएको खण्डमा विद्युतीय चुरोट पड्किने सम्भावना रहन्छ । गत जुनमा मात्र एक १७ वर्षे किशोरले विद्युतीय चुरोटको प्रयोग गर्दा पड्किँदा उनको अनुहार कुरुप बन्न पुगेको थियो ।

फोक्सोमा समस्या

विद्युतीय चुरोटको दीर्घकालीन असरबारे विस्तृत अध्ययन नभए पनि भेपिङका कारण तत्कालै फोक्सोमा गम्भीर समस्या उत्पन्न हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

भेपिङको रसायन फोक्सोमा पुग्ने र त्यसले फोक्सोमा पक्षघात समेत उत्पन्न हुनसक्ने चिकित्सकहरुको चेतावनी छ । त्यसबाहेक भेपिङले निमोनिया हुनसक्ने जोखिम बढाउँछ ।

हृदयरोगको जोखिम

विद्युतीय चुरोटको रसायनले मुटुमा समेत समस्या उत्पन्न हुन्छ । भेपिङमा प्रयोग हुने निकोटिन रसायनका कारण रक्तसञ्चार प्रणालीमा बाधा उत्पन्न हुने, हृदयघात र एक्कासी मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ । भेपिङले रगतमा रहेका कोषिकामा असर पार्ने भएका कारण यस्तो जोखिम उत्पन्न हुने गर्छ ।

मष्तिष्क रोग

विद्युतीय चुरोटले मष्तिष्क रोगको पनि जोखिम बढाउँछ । युवा तथा किशोर उमेर समूहका विद्युतीय चुरोट प्रयोगकर्तामाझ अधिक निकोटिनका कारण मष्तिष्करोगको जोखिम उत्पन्न हुन्छ ।

यसले मृगी रोग, मष्तिष्कघात तथा अन्य किसिमका मानसिक रोग समेत उत्पन्न हुने चिकित्सक एवं वैज्ञानिकहरु बताउँछन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ८ : ०१ बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा