हनुमन्ते र मनोहरा किनाराका बस्ती जोखिममा | Khabarhub Khabarhub

हनुमन्ते र मनोहरा किनाराका बस्ती जोखिममा


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिनदेखि परेको वर्षाका कारण भक्तपुरका हनुमन्ते र मनोहरा खोलामा आएको बाढीका कारण खोला किनारामा रहेका बस्ती जोखिममा परेको छ ।

मनोहरा खोलामा आएको बाढीका कारण मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुकुम्बासी बस्ती र त्यस आसपासका क्षेत्रका बस्ती डुबानमा पर्ने जोखिममा परेको छ ।

स्थानीय राम मगरले हिजोदेखि परेको पानीका कारण खोलाको बहाव बढेर बस्ती नजिक पुगेको बताउँदै पानी नरोकिए बस्तीमा पानी पसेर डुबानमा पर्ने बताए ।

पानीको बहाव बढेपछि यहाँका बस्तीका बासिन्दा डरमा बसेको बताउँदै हरेक वर्ष बस्ती डुबानमा पर्ने समस्याबाट पीडित हुँदै आएका छन् । बस्तीकी सावित्री कार्कीले रातभर पानी परेपछि खोलाको बाढी पस्ने डरले सुत्न नपाएको बताउँदै बालबालिकालाई काखी च्यापेर डरले बस्नुपरेको बताइन् ।

मनोहरासँगै हनुमन्ते नदीमा आएको बाढीका कारण यहाँका बासिन्दा पनि डरमा बसेका छन् । हनमुन्ते नदीमा आएको बाढीले यसअघि पनि मध्यपुरथिमी राधेराधे, बालकोट, बाराहिस्थान, जगातीलगायतका क्षेत्र डुबानमा परेकाले अहिलेको पानीले पनि बस्तीमा बाढी पस्ने डर भएको यहाँका बासिन्दाले बताए ।

जगातीमा अरनिको राजमार्ग हिजोदेखि नै डुबानमा परेपछि साना गाडी दुर्घटनामा परेको छ । आज पनि यो क्षेत्र दिनभरि नै डुबानमा छ । क्षति भने भएको छैन । आवतजावतमा समस्या छ ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले खोलामा आएको बाढी बस्तीमा पसेर डुबानमा पार्ने जोखिम बढेकाले सर्तक रहन सबैमा आह्वान गरेको बताए । उनले जिल्लाका सबै प्रहरी नियकालाई उच्च सतर्कतामा रहन निर्देशन दिएको र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रहरीमार्फत सन्देश प्रवाह गरेको बताए । सम्भावित दुर्घटनाको मध्यनजर गर्दै बाढी, पहिरो र डुबान भएमा तत्काल उद्धार एवं आवश्यक सहयोग गर्ने टोली तयारी अवस्थामा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ५५ बजे

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा