लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा ३० जनाको मृत्यु | Khabarhub Khabarhub

लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा ३० जनाको मृत्यु


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोनरोभिया– पश्चिम अफ्रिकी मुलुक लाइबेरियामा एक इस्लामिक विद्यालयमा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ ।

राजधानी मोनरोभियानजिकै रहेको विद्यालयमा मंगलबार अबेर लागेको आगोका कारण अरु दर्जनौं घाइते भएका छन् । आगलागीबाट ज्यान गुमाउनेहरु अधिकांश बालबालिका छन् । त्यसबाहेक केही शिक्षकको पनि आगलागीमा परी मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागी भएका बखत विद्यार्थीहरु इस्लामिक धार्मिक ग्रन्थ कुरान पढिरहेका थिए । आगलागीको कारण अझै स्पष्ट हुन नसकेको प्रहरीको भनाइ छ ।

लाइबेरियाका राष्ट्रपति जर्ज विहाले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ५४ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या