वायुसेवा निगमको ऋण ४० अर्ब, सम्पत्ति ३ अर्ब ६० करोड | Khabarhub Khabarhub

वायुसेवा निगमको ऋण ४० अर्ब, सम्पत्ति ३ अर्ब ६० करोड


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्बौं को घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्य दलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई निगमको सुधारका लागि सुझाव दिन गठित कार्य दलले आफ्नो प्रतिवेदन बुझाएको हो ।

पूर्व पर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको पाँच सदस्यीय कार्य दलले मन्त्री भट्टराईलाई सिंहदरबारमा बुझाएको प्रतिवेदनमा निगमको वित्तिय सुधारका लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिइएको छ । त्यसैगरी रणनीतिक साझेदार तत्काल खोजी गरी निगमको व्यवस्थापनलाई चुस्त बनाउन पनि सुझाव दिइएको कार्य दलका संयोजक घिमिरेले जानकारी दिए ।

प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याइएको छ । प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तीमा सरकारले गरेको कमजोरीका कारण पनि निगममा सुधार हुन नसकेको निष्कर्ष निकालिएको छ ।

कार्य दलले निगमको घाटा हाल ५ अर्ब २१ करोड ७६ लाख रहेको तथा ४० अर्ब ऋणको पनि व्ययभार रहेको जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि नौवटा साना विमान र अन्य चारवटा एयर बस रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संयोजक घिमिरेले निगमसँग ३ अर्ब ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको जानारी दिए ।

यता, प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईले कार्य दलको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए । उनले सार्वजनिक कम्पनी अन्तरगत नयाँ रणनीतिक साझेदार भित्र्याएर निगमको व्यवस्थापनलाई अघि बढाउने विषयमा सरकार गम्भिर रहेको बताए । त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पार्न केही समय लाग्ने मन्त्री भट्टराईको भनाई छ ।

मन्त्री भट्टराईले निगमलाई सुधार गरेर नेपालमा पर्यटक भित्र्याउन सरकार सदा प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ४ : २३ बजे

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ