नागरिकता विधेयक पारित हुन नदिन देउवाको निर्देशन | Khabarhub Khabarhub

नागरिकता विधेयक पारित हुन नदिन देउवाको निर्देशन


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयक पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिएका छन् ।

पार्टी संसदीय दलका नेता समेत रहेका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिए ।

बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक डाकेका देउवाले नागरिकता विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिन सांसदहरुलाई निर्देशन दिए ।

राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा नेपाली कांग्रेसका सांसदहरुले फरक मत राखि अघि बढ्न दिएका छैनन् । सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली कांग्रेसको अडान छ ।

सभापति देउवाले पार्टीको सोही अडान नछाड्न समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत गराए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  २ : ३० बजे

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा