प्रधानमन्त्रीद्वारा सिंहदरबारमा नयाँ संसद भवनको शिलान्यास | Khabarhub Khabarhub

प्रधानमन्त्रीद्वारा सिंहदरबारमा नयाँ संसद भवनको शिलान्यास


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन् । सिंहदरबारस्थित पुलती बगैचामा निर्माण हुने संसद भवनको बुधबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

शहरी विकास मन्त्रालयले बनाउन लागेको भवन साढे २ वर्षमा सम्पन्न हुने दाबी गरेको छ । उक्त भवनको निर्माण लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

संघीय संसद अहिले भाडामा सञ्चालन भइरहेको छ । सिंहदरबारमा रहेको पुरानो संसद भवन सानो भएपछि बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा संसद बैठक बस्दै आएको छ ।

उक्त भवनको भाडा वार्षिक करीब १५ करोड रहेको छ । नयाँ बन्ने संसद् परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ । साथै करिब तीन सयजना अटने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ ।

परिसर भवनमा तीनतल्ले पार्किङ समेत निर्माण गरिने छ । छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू र त्यसमा उपस्थित हुनुपर्ने विशिष्ट महानुभावहरू समेत अटाउने खालको एउटा हल समेत निर्माण हुने छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : ५१ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न