‘एमी नोटर’ जसलाई आइन्स्टाइन मान्थे विद्वान गणितिज्ञ

खबरहब

बुधबार, असोज १, २०७६

Reading Time: 3 minutes

‘एमी नोटर’ जसलाई आइन्स्टाइन मान्थे विद्वान गणितिज्ञ

विश्व प्रसिद्ध बैज्ञानिक अल्बर्ट आइन्स्टाइनले उनको बारेमा भनेका थिए– ‘महिलालाई जब उच्च शिक्षाका लागि अनुमति दिइयो, त्यस समयदेखि लिएर अहिलेसम्म गणितको क्षेत्रमा सबैभन्दा विद्वान थिइन– एमी नोटर ।’

को हुन् एमी नोटर ?

जर्मनीमा सन १८८२ मा उनको जन्म भएको हो । उनका पिता म्याक्स गणितिज्ञ थिए । उनी बभारियाको एरलानजन विश्वविद्यालयमा अध्यापन गराउँथे ।

बाबु प्राध्यापक भएका कारण छोरीलाई विद्यालयमा पढाउने उनको चाहना थियो । उनले एमीलाई कलेजमा भर्ना गर्ने भएपछि जागिरबाट हात धुनुपरेको थियो । किनकी त्यो समयमा महिलालाई उच्च शिक्षा पढ्न पाइँदैथ्यो । महिलाले उच्च शिक्षा पढ्ने अनुमति हुन्थेन ।

यदि शिक्षकले स्वीकृति दिए भने कक्षामा त्यतिकै बस्न पाइने भयो । हाजिरी कितावमा नाम नभए पनि एमी कक्षाकोठामा गएर पढ्न थालिन् । उनले पढाइ पूरा पनि गरिन् ।

आधुनिक विजगणितकी माता

उनलाई आधुनिक बिजगणितकी माताको उपमा दिइन्छ । उनले ‘बिजगणित’ र ‘क्वान्टम थ्यौरी’को प्रतिपादन गरिन् । गाह्रो मानिएको आफ्नो सापेक्षतावादको सिद्धान्तलाई एमी नोटरले सरल तरिकाले सबैमाझ प्रस्तुत गरेको स्वयं आइन्सटाइन नै स्वीकार गर्थे ।

एमीको जीवनी लेखेका माइकल ल्यबेलाका अनुसार उनले गणितका क्षेत्र यति प्रसिद्धि कमाउँदा पनि उनीमाथि भेदभाव जारी नै थियो ।

महिला भएकै कारण उनलाई पहिले गोटिन्जेन विश्वविद्यालयमा पढाउने जागिर दिइएको थिएन । पछि पढाउन थाले पनि पारिश्रमिक पाइनन् । बिना तलब उनले विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गरिन् ।

के हो नोटरको सिद्धान्त ?

सेवाइल विश्वविद्यालका आणविक तथा परमाणु भौतिक शास्त्रका प्रोफेसर म्यानुअल लोजानोले भने– ‘संक्षेपमा भन्नुपर्दा भौतिक शास्त्रलाई सवैभन्दा असल र सरल तरिकाले सम्झने सिद्धान्त हो–नोटर सिद्धान्त ।’

लोजानोले भने, ‘यो सिद्धान्त हेर्दा सरल तर गणितीय रुपमा निकै जटिल छ । यो सिद्धान्त साइमेट्रिक तथा क्वान्टिटी सम्बन्धको बारेमा छ ।’

उनी भन्छन्, ‘एकछिनका लागि मानौं मेरो हातमा वाइनको एउटा ग्लास छ र म तपाईंलाई आँखा बन्द गर्न भन्छु । तपाईंले आँखा बन्द गरेको बेला मैले ग्लासलाई अक्षमा पल्टाएर तपाईंलाई आँखा खोल्न भनेँ भने तपाईंले त्यो जस्ताको तस्तै पाउनुहुनेछ । तर, मैले ग्लासलाई घुमाएर तपाईंलाई आँखा खोल्न भनेँ भने तपाईंले त्यस ग्लासमा भएको केही परिवर्तन महशुस गर्नुहुनेछ ।’

कन्जर्भ्ड क्वान्टिटी

लोजानोका अनुसार उक्त ग्लास एक अक्षमा साइमेट्रिकल छ तर, अर्को अक्षमा साइमेट्रिकल छैन ।

भौतिकशास्त्रका अनुसार उर्जा नष्ट गर्न सकिन्न । त्यसको स्वरुप मात्र परिवर्तन गर्न सकिन्छ । यसैलाई कन्जर्भ्ड क्वान्टिटी भनिन्छ ।

लोजानो भन्छन्, ‘एमीले यस कन्जर्भ्ड क्वान्टिटीलाई सिमेन्टीको प्रणालीसँग जोडिन् । यसबाट भौतिकशास्त्रका महत्वपूर्ण विषयलाई बुझ्न सहयोग मिल्दै आएको छ ।’

अमेरिकाको आयोवा विश्वविद्यालयमा भौतिकशास्त्र अध्यापन गराउने माइली सान्चेज भन्छिन्, ‘यो विश्वकै सबैभन्दा महत्वपूर्ण सिद्धान्त हो । शुरुमा पढ्नेबित्तिकै मलाई यसले प्रभावित बनायो । मेरा विद्यार्थीहरु समेत यो सिद्धान्तबाट अचम्मित छन् ।’

जर्मनीमा नाजी पार्टी सत्तामा पुगेपछि बनाइएको नयाँ नियमअनुसार यहुदीहरुलाई सरकारी विश्वविद्यालयबाट बाहिर निकालियो । जीवनी लेखक ल्यबेलाका अनुसार यहुदी भएकै कारण एमीलाई पनि विश्वविद्यालयबाट निकालियो । उनले आफ्ना यहुदी तथा गैर यहुदी विद्यार्थीलाई बोलाएर आफ्नो घरमै पढाउन थालिन् ।

पछि उनले जर्मनी छाड्नुपर्यो र उनी अमेरिका लागिन् । उनी अमेरिकाको प्रिन्सटन विश्वविद्यालयको ब्रिन मोर कलेजमा आबद्ध भइन् ।

सन् १९३५ मा उनको मेरुदण्डमा मासु पलायो । उनको शल्यक्रिया सफल भएपनि उनको अवस्था बिग्रिदै गयो र चार दिनपछि ५३ वर्षको उमेरमा उनको निधन भयो ।

उनले भौतिकशास्त्रमा मात्र नभइ बिजगणितका क्षेत्रमा गरेको खोजका कारण आधुनिक गणितमा उनको उपलब्धी र योगदानलाई निकै महत्वकासाथ लिइन्छ ।

भर्खर

0