अर्जेन्टिनाका वित्तमन्त्रीले दिए राजीनामा, सरकारप्रतिको जनविश्वास ओरालो लाग्दै | Khabarhub Khabarhub

अर्जेन्टिनाका वित्तमन्त्रीले दिए राजीनामा, सरकारप्रतिको जनविश्वास ओरालो लाग्दै


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्यूनस आयर्स– राष्ट्रपति मौरिसियो माक्रीको सरकारप्रति जनताको विश्वास गुम्दै गएका बेला अर्जेन्टिनाका वित्तमन्त्री निकोलस दुहोब्नेले राजीनामा दिएका छन् । उनले राष्ट्रपति माक्रीलाई पत्र लेख्दै आफू पदमा नरहने जनाएका हुन् ।

अघिल्लो साता भएको राष्ट्रपतीय प्राइमरीमा राष्ट्रपति माक्री विपक्षी उम्मेद्वार अल्बेर्तो फर्नाण्डेजसँग पराजित भएपछि माक्री नेतृत्वको सरकारप्रति जनताको विश्वास गुम्दै गएको देखिएको थियो । माक्रीले ३२.१ प्रतिशत मत ल्याएका थिए भने विपक्षी उम्मेद्वार फर्नाण्डेजले ४७.७ प्रतिशत मत ल्याएका थिए । आगामी अक्टोबर २७ मा हुने निर्वाचनमा पनि यस्तै नतिजा आएमा माक्री अर्को कार्यकालका लागि राष्ट्रपति बन्न पाउने छैनन् ।

नतिजापछि अर्जेन्टिनाको मुद्राको मूल्य २० प्रतिशत खस्किन पुगेको थियो । यससँगै राष्ट्रपति माक्रीले अर्थतन्त्रमा व्यापक सुधारको घोषणा गर्दै आयकर कटौती, इन्धनको मूल्य समायोजन तथा लोककल्याणकारी अनुदानको नयाँ घोषणा गरेका थिए ।

राजीनामा पत्रमा वित्तमन्त्री दुहोब्नेले सरकारको आर्थिक टिममा व्यापक परिवर्तन हुनुपर्ने आवश्यकता रहेको र आफ्नो राजीनामाले त्यसका लागि बाटो खोल्ने उल्लेख गरेका छन् । माक्रीले वित्तमन्त्री दुहोब्नेलाई बर्खास्त गर्ने हल्ला यसअघि पनि चलेको थियो । अब दुहोब्नेको स्थानमा ब्यूनोस आयर्स प्रान्तका वित्तमन्त्री हर्नान लाकुन्जा अर्थमन्त्री बन्नेछन् ।

नवउदारवादी आर्थिक नीतिका साथ सन् २०१५ मा भएको निर्वाचनमा विजयी भएका माक्रीले मुलुकमा आर्थिक असमानतालाई सम्बोधन गर्न नसकेको भन्दै व्यापक आलोचना हुने गरेको छ । अझै पनि अर्जेन्टिनाको एक तीहाई जनसङ्ख्या गरिबीको रेखामुनी छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ०९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका