के तपाईंको वैवाहिक जीवन सुखद छैन ? आजै गर्नुस् यो उपाय | Khabarhub Khabarhub

के तपाईंको वैवाहिक जीवन सुखद छैन ? आजै गर्नुस् यो उपाय


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसको जीवनको महत्वपूर्ण कदम हो, विवाह । तर विवाहपछि केहिको जीवन सफल र सुखद रहन्छ भने केहिको जीवनमा खटपट हुने गर्दछ ।

केहिको त मनमुटाव कै कारण नाता तोड्ने स्थितिसम्म आउँछ । तर के तपाईंलाई  थाहा छ, विवाह सफल नहुनुको पछाडि केको दोष रहन्छ ?

विवाहमा मुख्यरुपमा शुक्र र बृहस्पति ग्रहहरु जिम्मेवार हुन्छन् । यि दुईमा पनि सबैभन्दा बढी शुक्र ग्रहको महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि वैवाहिक जीवन सफल हुन शुक्रसँगै चन्द्रमाको प्रभाव पनि उत्तिकै रहन्छ । त्यसैले कोही कसैको वैवाहिक जीवन सुखद भएन भने राशि अनुसारका निम्न उपाय गरेमा जीवन साथीसँग भएको आपसी खटपट घटेर जानेछ । र, पुन: प्रेममय जीवनको शुरुवात हुनसक्छ ।

१. मेष राशि

मेष राशि भएकाहरुको वैवाहिक जीवन औसतमा राम्रो हुने गर्दछ । तर मेष राशिका मानिसको चञ्चलताले उनीहरुका ईमान्दार र समझदार जीवन साथीसँग केहि समस्या उत्पन्न गर्छ । मेष राशिले मिथुन र कन्या राशिका मानिससँग विवाह नगर्नु नै उत्तम हुन्छ । मेष राशि भएकाले स्फटिकको माला धारण गरेमा वैवाहिक जीवनमा उतारचढाव घटेर जानेछ ।

२. वृष राशि

अधिकाशं वृष राशि भएकाहरुको वैवाहिक जीवन औसत हुने गर्दछ । वृष राशिका जीवन साथीले उनीहरुलाई प्रेम गरे पनि वैचारिक मत अलग भएका कारण वैवाहिक जीवनमा केहि खटपट हुनसक्छ । वृष राशिको अति संवेदनशीलताले वैवाहिक जीवनमा समस्या आउने गर्दछ । धनु र मीन राशिका मानिससँग विवाह गर्न नहुने वृष राशिले हनुमानको उपासना गर्नाले वैवाहिक जीवन सफल हुन्छ ।

३. मिथुन राशि

मिथुन राशि हुनेहरुको वैवाहिक जीवन साधारण हुन्छ । यि राशिका मानिसहरुको वैवाहिक जीवनमा केहि उतारचढाव हुने गर्दछ । हुनत मिथुन राशिका जीवन साथी अहंकारी हुनसक्ने योग हुन्छ । त्यसैले मिथुन राशिका मानिसले मेष र वृश्चिक राशिका मानिससंग विवाह गर्नुहुदैन । वैवाहिक जीवनमा केहि समस्या आए पवित्र जलमा बेसार मिलाएर सूर्यदेवलाई अर्पण गरे वैवाहिक जीवन राम्रो हुन्छ ।

४. कर्कट राशि

ककर्ट राशिका ब्यक्तिको वैवाहिक जीवन खासै सुखद हुँदैन । जीवन साथीसँग विचार मेल नखानाले अक्सर कर्कट राशिका ब्यक्तिको भावनामा ठेस पुग्दछ । भावानात्मक रुपमा संवेदनशील कर्कट राशिले कन्या तथा वृष राशिका ब्यक्तिसँग विवाह नगर्नु उचित हुन्छ । नियमित शनिदेवको उपासना गर्नाले कर्कट राशिका मानिसको वैवाहिक जीवनका समस्या निदान हुन्छ ।

५. सिंह राशि

सिंह राशिका जातकको वैवाहिक जीवन, विवाह लगत्तै केहि बिग्रने सम्भावना हुन्छ । तर समयानुसार हरेक समस्या मिल्दै जानेछन् । जीवन साथीसँग तालमेल नमिल्दा सिंह राशिका मानिसको वैवाहिक जीवनमा सामान्य खटपट हुन्छ । मकर तथा कुम्भ राशिका मानिससँग सिंह राशिले विवाह नगर्नु उत्तम हुन्छ । हरेक शनिबार अनुकुल समाग्री दान गर्नाले यि राशिका मानिसको वैवाहिक जीवनका समस्या टरेर जान्छन् ।

६. कन्या राशि

कन्या राशिका ब्यक्तिको वैवाहिक जीवन शुरुवातमा समस्याग्रस्त हुन्छ । तर कन्या राशिले सुझबुझ राख्न सकेमा यो समस्या बिस्तारै घटेर जानेछ । कन्या राशिका ब्यक्तिका जीवनसाथीले पर्याप्त प्रेम गर्ने भएपनि भनेजति समय नदिनाले वैवाहिक जीवनमा समस्या उत्पन्न हुन्छ । यि राशिका मानिसले कर्कट, वृश्चिक र मेष राशिका ब्यक्तिसँग विवाह गर्नु हुँदैन । कन्या राशिका ब्यक्तिले वैवाहिक जीवनमा समस्या आएमा ॐ नम: शिवायको जाप गरे यो निदान भएर जानेछ ।

७. तुला राशि

तुला राशिका मानिसको वैवाहिक जीवन खासै राम्रो हुदैंन । तुला राशिको स्वतन्त्र रहने चाहना र देखावटी गर्ने बानीले उनीहरुका जीवन साथीसँग राम्रो मेल हुँदैन । यि राशिका संगती मानिस इखालु हुने भएकाले तुला राशिले मिठो बोलिदिए पुग्छ । धनु र मीन राशिसँग विवाह गर्न राम्रो नहुने तुला राशिले दुर्गाको आराधना र ॐ दुं दुर्गाय नम: जाप गरेमा वैवाहिक जीवन लाभकारी हुनेछ ।

८. वृश्चिक राशि

वृश्चिक राशिका ब्यक्तिको वैवाहिक जीवन औसत रहन्छ । वृश्चिक राशिका अधिकाशंको वैवाहिक जीवन ठीकठाक मात्र हुन्छ । उनीहरु जीवन साथीप्रति अपेक्षित हुने तर जीवन साथीको भावना नबुझिदिँदा केहि खटपट हुन्छ । मिथुन र कन्या राशिका ब्यक्तिसँग वृश्चिक राशिका जातकले विवाह गर्नु हुँदैन । वैवाहिक जीवनको समस्या निराकरणका लागि वृश्चिक राशिले हिरा वा स्फटिक धारण गरेमा लाभकारी हुनेछ ।

९. धनु राशि

धनु राशिका अधिकांश ब्यक्तिको वैवाहिक जीवन उत्तम रहन्छ । हुनत जीवन साथीसंग धनु राशिका ब्यक्तिको वैचारिक तालमेल हुँदैन । तर पनि झुक्न सक्ने क्षमताको कारणले धनु राशिका मानिसको वैवाहिक जीवन सफल हुन जान्छ । धनु राशिले वृष, तुला र कुम्भ राशिका ब्यक्तिसंग विवाह गर्नु हुँदैन । वैवाहिक जीवनका समस्या निराकरणका लागि धनु राशिका ब्यक्तिले तुलसीको मण्डपमा दियो बाल्नु उत्तम हुन्छ ।

१०. मकर राशि

मकर राशिका ब्यक्तिको वैवाहिक जीवन औसत रहन्छ । वैवाहिक जीवनको शुरुवातमा नै जीवनसाथिसंग सम्बन्ध बिग्रेका कारणले नाता टुट्ने संभावना रहन्छ । तर मकर राशिका ब्यक्तिको जीवनमा समझदार र संवेदशील जीवनसाथी भएका कारणले हरेक समस्या समयसंगै स्वत: हटेर जान्छ । सिंह, वृश्चिक र धनु राशिका मानिससँग विवाह गर्न नहुने मकर राशिका ब्यक्तिले वैवाहिक जीवनमा आएको समस्या निराकरणका लागि महादेवको उपासना गर्नु लाभदायी हुन्छ ।

११. कुम्भ राशि

कुम्भ राशिका ब्यक्तिको वैवाहिक जीवन आम अवस्थामा राम्रो हुँदैन । जीवन साथीसंग प्रेममय सम्बन्ध रहेपनि वैवाहिक जीवनमा दुबैको तालमेल नमिल्ने सम्भावना हुन्छ । कुम्भ राशिका मानिसको चञ्चलताले गर्दा जीवन साथीले शंका गर्ने स्थान पाउने हुन्छ । कुम्भ राशिका मानिसले कर्कट र सिंह राशिका ब्यक्तिसंग विवाह गर्नु उत्तम हुँदैन । सुखद वैवाहिक जीवनका लागि सूर्यदेवको उपासना गर्नु कुम्भ राशिका मानिसका लागि अचूक उपाय हो ।

१२. मीन राशि

मिन राशिका ब्यक्तिको वैवाहिक जीवन राम्रो हुने गर्दछ । यि राशिका मानिसको जीवन साथी समझदार र ईमान्दार हुन्छन् । मिन राशिका ब्यक्तिमा वैवाहिक जीवनमा आउने खटपट केवल धन वा सम्पति अभाव वा ब्यवस्थापनका कारण हुने गर्दछ । मिन राशिका ब्यक्तिले वृष, तुला र कुम्भ राशिका मानिससंग विवाह गर्नु हुँदैन । सुखद वैवाहिक जीवनका लागि वृक्षारोपण गरेर तिनको सम्भार गर्नु अति लाभदायी हुन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : २९ बजे

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे

भरतपुर– चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई