स्मार्टफोन बन्न सक्छ मृत्युको कारण, बेलैमा सावधान हुनुहोस् | Khabarhub Khabarhub

स्मार्टफोन बन्न सक्छ मृत्युको कारण, बेलैमा सावधान हुनुहोस्


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अहिले स्मार्टफोनको सुविधाका कारण मानव जीवनमा अपरिहार्य बनेको छ । दैनिक जीवनमा हामी स्मार्टफोनको प्रयोग अधिकतम गर्दै आएका छौं । तर के तपाईंलाई थाहा छ, स्मार्टफोनको प्रयोगले मानिसको मृत्युसमेत हुनसक्छ ।

एक अध्ययनअनुसार प्रतिदिन ६ घण्टाभन्दा बढी समय मोबाइलको प्रयोग गर्नु मोटापनाको कारण बन्ने बताइएको छ ।

कोलम्बियाको साइमन बालिवर यूनिभर्सिटिका प्रमुख अनुसन्धानकर्ता मिरारी मैन्टिला मैरोनका अनुसार स्मार्टफोनको बहुप्रयोग र अन्य सर्भिसेजलाई एक्सेस प्रयोग गर्दा मोटोपन बढ्ने छ ।

१९ देखि २० बर्षको औसत उमेरका १ हजार बढी विद्यार्थीमा गरिएको यो अनुसन्धानअनुसार ६ घण्टाभन्दा बढी समय स्मार्टफोनको प्रयोग गर्नेहरुको मोटापना बढ्ने खतरा ४३ प्रतिशत रहन्छ ।

यतिमात्र होइन, दिनभरमा स्मार्टफोनको प्रयोगकर्ताले सामान्य मानिसका तुलनामा दुईगुणा मात्रामा फास्टफुड, सुगर तथा स्न्याक्स सेवन गर्छन् । जसका कारण शारीरिक तन्दुरुस्तीमा गिरावट आउनुका साथै शारीरिक वजनमा वृद्धि हुनेछ ।

यसले कालान्तरमा स्मार्टफोनका प्रयोगकर्ताको मधुमेह, हृदयघात लगायतका गम्भीर रोगका कारण असामयीक मृत्यु हुन सक्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ०२ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको