समाजवादी पार्टीका सांसद यादवद्वारा राजीनामा फिर्ता | Khabarhub Khabarhub

समाजवादी पार्टीका सांसद यादवद्वारा राजीनामा फिर्ता


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि पदबाट राजीनामा दिएका समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् ।

सांसद यादवले सभामुख कृष्णबहादुर महरालाई लिखित रूपमा राजीनामा फिर्ता लिएको पत्र बुझाएका हुन् । स्वास्थ्यको कारण देखाउँदै गत साउन २८ गते सांसद यादवले सभामुख महरालाई राजीनामा बुझाएका थिए ।

उपप्रधान तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादव, राज्यमन्त्री सुरेन्द्र यादव, प्रमुख सचेतक उमाशंकर अरगरिया, राजनीतिक समितिका सदस्य डाक्टर शिवजी यादवसहित सिंहदरबार पुगेका डाक्टर यादवले राजीनामा फिर्ता लिएका हुन् ।

सप्तरी–१ बाट प्रत्यक्ष निर्वाचित सांसद डा. यादव प्रतिनिधिसभा पेसाले चिकित्सक हुन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ५६ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको