जीप दुर्घटनामा मृत्यु भएका पत्रकार डायलसनको अन्त्येष्टि | Khabarhub Khabarhub

जीप दुर्घटनामा मृत्यु भएका पत्रकार डायलसनको अन्त्येष्टि


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– जीप दुर्घटनामा मृत्यु भएका पत्रकार डायलसन अधिकारीको आज (आइतबार) अन्त्येष्टि गरिएको छ ।

बुटवलस्थित मगरघाटमा उनको अन्त्येष्टि गरिएको हो । स्व.पत्रकार अधिकारीको पार्थिव शरीरिरमा प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

यस्तै, श्रद्धाञ्जलीका लागि नेपाल पत्रकार महासंघ प्रदेश–५ का कार्यवहाक अध्यक्ष भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, प्रेस युनियन नेपाल रुपन्देहीकी अध्यक्ष रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, तिनाउ एफएमका स्टेशन म्यानेजर राजेन्द्रजंग रायमाझीलगायत जिल्लाका विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, जिल्लाका पत्रकारहरु, आफन्त, शुभेच्छुक र स्थानीयहरुको भीड लागेको थियो ।

तिलोत्तमा नगरपालिकाले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनको प्रचारप्रसारका लागि पूर्वी जिल्लाको भ्रमणमा गएको टोली सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.११ बक्साह चोकमा शनिबार जीप दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो ।

यस्तै सोही दुर्घटनामा घाइते भएका तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, वडा अध्यक्षहरु सोहन चौधरी, तामनाथ पाण्डे र चालक अशोक भण्डारीको अहिले काठमाडौंमा उपचार भइरहेको छ ।

यसैबीच पत्रकार अधिकारीको अन्तिम श्रद्धाञ्जलीलाई सम्वोधन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले स्व.अधिकारीका १ छोरा र १ छोरीको शिक्षामा नगरपालिकाले सहयोग गर्ने, धर्मपत्नीलाई रोजगारीको प्रबन्ध गरिदिने र स्व.पत्रकार अधिकारीको नाममा अक्षयकोष स्थापना गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका –३ शंकरनगर स्थायी घर भएका ४२ वर्षीय अधिकारी विभिन्न संघसंस्थाबाट सम्मानित भएका थिए ।

कर्मठ तथा लगनशील पत्रकारको छवब बनाउन भएका अधिकारी रेडियो नेपालको रुपन्देही सम्वाददाता , बुटवल टुडेको आर्थिक संयोजक र ई–लगन अनलाईनका अध्यक्ष तथा सम्पादक रहेका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ४८ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा