विप्लव नेकपाका इन्चार्जसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

विप्लव नेकपाका इन्चार्जसहित ६ जना पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २ जना जिल्ला इन्चार्जसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रदेश १ का विभिन्न स्थानमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ६ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो ।बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालय सहित अन्य स्थानमा बम विस्फोट गराएको आरोपमा आइतबार प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर लिम्बू ‘सक्कल’, मेची ब्यूरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य ३८ वर्षीय योगेश लिम्बू र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक २४ वर्षीय गणेश कार्की छन् ।

उनीहरूलाई एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा दमक नगरपालिका–६ स्थित न्यु कञ्चन होटेलबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ३२ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको