ढाकाको सुकुम्बासी बस्तीमा भीषण आगलागी, १० हजार बढी घरबारविहीन | Khabarhub Khabarhub

ढाकाको सुकुम्बासी बस्तीमा भीषण आगलागी, १० हजार बढी घरबारविहीन


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा लागेको भीषण आगलागीबाट दश हजारभन्दा धेरै घरबारविहीन भएका छन् ।

ढाकाको मीरपुर क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा आगलागी भएको थियो । आगलागीबाट तीन हजार भन्दा धेरै घर खरानी भएको थियो ।

अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याएका थिए । घटनामा कसैको ज्यान नगएपनि धेरै मासिनहरु घाइते भएको र १० हजारभन्दा धेरै घरबारविहीन भएको अधिकारीले जनाएका छन् ।

यस बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोशाक उद्योगमा काम गर्ने मजदूरहरुको बसोबास रहेको जनाइएको छ । यद्यपि ईद मनाउन आफ्ना गाउँघर गएका कारण आगलागीका दिन बस्तीमा ज्यादै कम मानिस थिए ।

प्रशासनले आगलागीबारे अनुसन्धान गर्न ३ सदस्यीय समितिको गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिएको छ ।

बंगलादेशमा यस्ता आगलागीका घटनाका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । सन् २०१२ मा ढाका नजिकको नौ तले गार्मेन्ट कारखानामा भएको भिषण आगलागीमा परेर १ सय ११ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : १९ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार