काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ | Khabarhub Khabarhub

काठमाडौं प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको भन्दै एक युवक पक्राउ


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुवेदीलाई फेसबूकमा गाली गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर एसएसपी सुवेदीलाई फेसबूकमार्फत गाली गरेको आरोपमा अछाम घर भएका युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अछाम घर भएका रिदम बिसी भनिने शंकर बिक छन् । जिल्ला प्रहरी कार्यालय अछामको टोलीले उनलाई अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बिकमाथि थप अनुसन्धानका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटीले शंकरलाई पक्राउ गरिएको बताए ।

‘जिल्ला प्रहरी कार्यालय अछामलाई पक्राउका लागि पत्र पठाइएको थियो । पक्राउ गरेर अहिले काठमाडौं ल्याइँदै छ,’ बोगटीले भने ।

शंकरले रवि लामिछाने पक्राउको विषयमा आक्रोश पोख्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुवेदीको तस्वीर राख्दै गालीगलौच गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शंकरले आफू गायक भएको बताएका छन् । उनले आफू लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समिति अछामको कार्यसमिति सदस्य भएको समेत बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : ४९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन