चीनको धम्कीका बावजुद हङकङमा प्ररदर्शन जारी, दशौं हजार प्रदर्शनकारी भेला | Khabarhub Khabarhub

चीनको धम्कीका बावजुद हङकङमा प्ररदर्शन जारी, दशौं हजार प्रदर्शनकारी भेला


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– चीन सरकारको एकपछि अर्को धम्की र चेतावनीका बावजुद हङ्कङमा आइतबार पनि दशौं हजार लोकतन्त्रवादी प्रदर्शनकारीले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

भारी वर्षाको परवह नगरी प्रदर्शनकारी प्रदर्शनका लागि भेला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनका लागि दशौं हजार प्रदर्शनकारी हङ्कङको भिक्टोरिया पार्कमा भेला भएका छन् । विगत १० सातायता जारी प्रदर्शन हिंसात्मक बन्दै जाँदा आइतबारको प्रदर्शन भने शान्तिपूर्ण रुपमा सफल बनाउन प्रदर्शनको आयोजना गरेको हङ्कङ्को सिभिल राइट्स ह्युमन फ्रन्ट नामक समूहले आह्वान गरेको छ ।

यता चीनले भने प्रदर्शनलाई आतंकवादी गतिविधिको संज्ञा दिँदै प्रदर्शन चर्किंदै गएको खण्डमा चुप लागेर नबस्ने चेतावनी समेत दिएको छ । चीनले प्रदर्शनकारीलाई डर देखाउन हङ्कङको सीमाक्षेत्रमा सैनिक अभ्यास पनि गर्दै आएको छ ।

विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शन हाल भने अधिक स्वतन्त्रता, मानव अधिकार तथा लोकतन्त्रको माग राख्दै जारी छ ।

गत सातामात्र प्रदर्शनकारीले त्यहाँको विमानस्थल कब्जा गरेपछि सयौं उडान तथा अवतरण अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ४ : १६ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले