दश बिमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेनन् | Khabarhub Khabarhub

दश बिमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेनन्


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय बिमा समितिले दिएको समयभित्र १० वटा बिमा कम्पनी वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

कूल ३९ वटा बिमा कम्पनी तथा एउटा पुनर्बिमा कम्पनी रहेकोमा ३० वटा कम्पनीले निर्धारित समयमा वित्तीय विवरण सार्वजनिक गरिसकेको समितिले जानकारी दिएको छ ।

१० वटा कम्पनीले साउन मसान्तभित्रमा वित्तीय विवरण सार्वजनिक नगरेको समितिले जनाएको हो । नियमनकारी निकाय समितिको प्रभावकारी नियमन नहुँदा बिमा कम्पनीहरुले वित्तीय अनुशासन समेत उल्लंघन गर्न थालेको पाइएको छ ।

सार्वजनिक नगर्नेमा एक पुनर्ब‍िमा कम्पनी, तीन जीवन बिमा कम्पनी र छ वटा निर्जिवन बिमा कम्पनीहरु रहेका छन् । समितिको वित्तिय अनुशासनभित्र रही तोकिएको समयमा उनीहरुले वित्तिय विवरण सार्वजनिक नगरेका हुन् । वित्तिय विवरण सार्वजनिक नगर्ने बिमा कम्पनीलाई बिमा ऐनअनसार आवश्यक कारवाही गरिने समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०