मलेसियाको ‘ब्याक फर गुड’ कार्यक्रममार्फत नेपाल फर्किने बढे | Khabarhub Khabarhub

मलेसियाको ‘ब्याक फर गुड’ कार्यक्रममार्फत नेपाल फर्किने बढे


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले अवैध रुपमा बसिररहेका विदेशी कामदारलाई घर फिर्तीका लागि शुरु गरेको ‘ब्याक फर गुड’ कार्यक्रममा नेपाली श्रमिकको सहभागिता बढ्दो छ । गएको दुई हप्तामा ‘ब्याक फर गुड’ कार्यक्रममा २ सय जनाभन्दा धेरै सहभागी भएको मलेसियास्थित नेपाली राजदूतवासले जानकारी दिएको छ ।

अगस्ट १ देखि ९ सम्म दूतावासबाटै २ सय वटा ट्राभल डकुमेन्ट बनिसकेको र त्यसबाहेक क्वालालम्पुर बाहिर गएर पनि थप ८० वटा डकुमेन्ट बनाएको दूतावासले जनाएको छ ।

‘ब्याक फर गुड’ कार्यक्रममा २० हजार नेपाली सहभागी हुने अनुमान गरिएको छ ।

दूतावासले आफ्नो पहलमा ७ सय जरिवाना र पाँच हजार शुल्कमा घर फर्किन पाएपनि केही अवैध कामदार २२ सय रिंगिट खर्च गरेको पाइएको भन्दै त्यसको छानविन गर्ने बताएको छ ।

दूतावासका अनुसार गत हप्ता ८१ जना र त्यसभन्दा अघिल्लो हप्ता २० जना गरी एक सय एक जना अवैध नेपाली घर फर्किएको बताएको छ । अगस्ट १४ तारिखमा पुत्राजयबाट ५२ जना र सेरेम्बान अध्यागमनबाट २९ जना गरी ८१ नेपालीहरु एकतर्फी ट्राभल्स डकुमेन्ट बनाएर घर फर्किएका हुन् ।

मलेसिया सरकारले गत अगष्ट १ तारिखदेखि लागू हुने गरी ‘ब्याक फर गुड’ कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रम अन्तर्गत सात सय रिंगिट (करिब २० हजार रुपैयाँ) जरिवाना र करिब पाँच हजार शुल्क तिरेपछि अवैधानिक कामदारलाई स्वदेश फर्किन दिइने व्यवस्था गरेको छ । आममाफीको समय अगष्ट १ देखि डिसेम्बर ३१ सम्म चार महिना रहेको छ ।

उक्त कार्यक्रमबाट मलेसियामा भिसा अवधिभन्दा धेरै बसेर ओभरस्टे भएका, कागजपत्रबिहीन वा अन्य कारणले अवैधानिक हुन पुगेका सबै विदेशी नागरिकलाई लाभ हुने अपेक्षा गरिएको मलेसियाका सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ३ : ३० बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय