प्रचण्ड नेकपामा कमजोर भएकै हुन् ? | Khabarhub Khabarhub

प्रचण्ड नेकपामा कमजोर भएकै हुन् ?


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ कम्युनिष्ट पार्टीका महान नेता माओले सांस्कृतिक क्रान्तिको सुरुवात गरेका थिए । उनले आफनै पार्टीका नेताविरुद्ध पनि पार्टी कार्यकर्ता परिचालन गरेका थिए । उनले अनियमितता गर्नेलाईं नांगेझार पार्न निर्देशन दिएका थिए। कार्यान्वयन पनि त्यसै गरी भयो । यसपछि पार्टीकै नेताहरुले माओ बुढा भए र सिनायल भए भने । यो कुरा माओको कानसम्म पनि पुग्यो । यसपछि उनले विश्वभरका पत्रकार बोलाए ।

एउटा नदीको तिरमा पत्रकार राखियो । माओ एउटा गाउन मात्र लगाएर पत्रकारको बीचमा आए अनि केही नबोली अचानक नदीमा हाम फालेर पौडिन थाले । माओ यति मात्र देखाउन चाहन्थे कि म स्वस्थ छु । यसपछि चीनमा सांस्कृति क्रान्ति सम्पन्न भयो । यस्तै परिघटना साउन ३१ गते शुक्रबार बालुवाटारमा भयो ।

नेकपाको सचिवालय बैठक सुचनाकै भरमा अनेकौं पटक रोकिएपछि शुक्रवार अचानक मध्यान्हमा बैठक बस्यो । बैठक अघि नै गाढा निलो रंगको हाफ ज्याकेट लगाएर हातमा डायरी बोकेर हसिलो मुद्रामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले मलाई अझै १५–२० बर्ष केही हुदैन भनेर सिंगापुरे चिकित्सकको हवाला दिदै बोलेको कुरा उनका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले सार्वजनिक गरे ।

यसपछि उनले झापा क्षेत्र नम्वर ५ का नेता तथा कार्यकर्तासँग भेटे र सामुहिक तस्वीर पनि खिचाए । अर्थात उनले आफु स्वस्थ छु भन्न कुनै कसर बाँकी राखेनन । यति मात्र होइन, यहि बैठकले १४ महिनादेखि हुन नसकेको पार्टीको केन्द्रीय विभागको गठन र यसको नेतृत्व समेत चयन गर्‍यो ।

सिंगापुरमा १० दिनसम्म उपचार गराएर नेपाल आएका र पुनः सिंगापुर नै उपचारको लागि जाने तयारीमा रहेका नेकपाका अध्यक्ष केपी ओलीले चमत्कारिक ढंगबाट नेकपाको विभागको नेतृत्व चयन मात्र गरेका छैनन, उनले यहि बैठकमार्फत डेढ बर्षदेखि आफुसँग टाढिएका, गत पुसमा एक पद एक ब्यक्ति हुनुपर्छ भनेर अलग्गै राजनीतिक प्रतिवेदन पार्टीमा बुझाएका र पछिल्लो समय नेकपा कै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपालसँग बाक्लै हिमचिम बढाएका वामदेव गौतमलाई समेत फकाउन सफल भए ।

अध्यक्ष ओलीले पार्टी एकताको बखतमा उपाध्यक्ष भन्ने पद राख्ने सहमति नै नभएपनि साउन ३१ गतेको सचिवालय बैठकमा भने वामदेव गौतमलाई शक्तिशाली संगठन विभाग मात्र दिएनन्, पार्टीको उपाध्यक्ष समेत बनाए ।

अध्यक्ष ओली बाहेक कोही पनि ब्यस्त र मस्त रहन नसकेको नेकपामा नेता सहित ८ लाख संगठित सदस्य बेरोजगार भए भनेर सार्वजनिक फोरम बोलेका वामदेव यसपछि अर्कोपनि प्रस्ताव छ–उपचुनावमा कास्की २ बाट चुनावमा उम्मेदवार वन्ने । अचानक, उपरी माथि थुपरी हुँदा वामदेव त खुशीले गदगद नै होलान तर यसले पार्टी भित्रको अन्य समुहहरु भने दिउँसै तारा देख्न थालेका छन ।

हुनपनि प्रचण्डको अवस्था कस्तो छ भने पार्टीमा दुई अध्यक्ष भनिएपनि न उनी वैठक राख्न सक्छन, न कार्यकर्ताको गुनासो सम्वोधन गर्न सक्छन, न सरकारलाई पार्टीको नीति अनुसार चलाउन सक्छन । उनी केवल बेला बेलामा सार्वजनिक फोरममा सरकार र पार्टीप्रति असन्तुष्टि देखाउन सक्छन तर यसो गर्दा केपी रिसाउलान र आलोपालो अनुसार प्रधानमन्त्री हुन नपाइएला कि भन्ने भयले ग्रसित देखिन्छन ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग लामो संगत गरेका आरके मैनालीले एक पटक भनेका थिए–केपी मानिस फकाउन र सताउन दुवै कुरामा पोख्त छन । वामदेवलाई अहिले गरेको खातिरदारीले यहि संकेत गर्दछ । हुनत प्रधानमन्त्री ओली सिंगापुरबाट फर्कंदा वामदेव गौतम हातमा पुष्पगुच्छा लिएर स्वागतको लागि छैंटौं नम्वरमा दौरा सुरुवाल लगाएर बसेकोबाट नै धेरै मानिसले वामदेव प्रति एक किसिमको लख काटिसकेका थिए । यसमाथि शुक्रवारको बैठकबाट त बोल्नै नपर्ने अवस्था बनिसकेको छ । तर, यसपछि एउटा सवाल भने अझै खडा हुन्छ–के वामदेव ओलीप्रति भक्त भएर बसिरहन्छन वा तल वितल हुन्छ ?

नेपालको कम्युनिस्ट राजनीतिको वारेमा पिएचडी नै गरेका राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसी वामदेवको बारेमा गहिरो विश्लेषण गरिरहन नपर्ने बताउछन । उनी भन्छन–वामदेवको सम्वन्ध भने जहिले पनि स्वार्थ र फाइदाको हुन्छ, सिद्धान्तको हुँदैन । यसैले उनी कता जान्छन र के गर्छन भन्ने कुरा फाईदाको आधारमा तय हुन्छ ।

तर पनि अलि अघिसम्म एक ब्यक्ति एक पद भनेर प्रचण्डसँग मत मिलाएका वामदेव किन अचानक ओलीतिर लागे त ? के यहि फाइदाको लागि मात्र हो त ?

गत साउन १८ गते दुवईबाट फर्केपछि नेकपाकै अध्यक्ष दाहाल निकै चञ्चल, छटपटाहट र बेचैन अवस्थामा देखिन्छन । दुवईमा श्रीमती सीता दाहालको आग्रह टार्न नसकेर गएको भनिएपनि उनले त्यहा पुर्ण आराम नगरेको देखिन्छ । किनभने दुवईबाट फर्के लगत्तै उनले पुर्वराजालाई नागार्जुनबाट पनि निकालिदिने धम्की दिए भने वर्तमान सरकार र संघीयताप्रति पनि असन्तुष्टि राख्दै एउटा रोपेको अर्कै फल्यो भनेर असन्तुष्टि पोखे ।

जुन दिन उनी नेपाल आए सोही दिन सिंगापुरका लागि उडेर १० दिनपछि नेपाल फर्केका बिरामी ओलीमा अचानक नयाँ खालको उर्जा, अनुहारमा चमक र निर्णय गर्ने क्षमतामा अभिवृद्धि भएको देखिन्छ । कतिसम्म भने सिंगापुर जानु अघि प्रचण्ड माधव नेपालसँग नजिक रहेका योगेश भटटराई ४ महिना लगाएर फकाएर पर्यटन मन्त्री बनाइछाडे जवकि उनी यो मन्त्रालयमा आउनै चाहेका थिएनन । तर ओलीले अन्तत यहि पद भिराइ छाडे । अवस्था कस्तो थियो भने योगेशलाई यो मन्त्रीपद नखान निकै ठुलो दवाव थियो ।

कतिसम्म भने ओलीपछि बन्ने प्रचण्ड नेतृत्वको सरकारमा मात्र प्रवेश गर्नुपर्छ भनेर उनका दौंतरीदेखि शुभेच्छुकसम्मले दवाव दिए तर अचानक दिउँसो श्रेष्ठ टेलरिङमा दौरा सुरुवाल सिलाएर साँझ सपथ लिन पुगे । तैपनि प्रचण्ड दुवइबाट फर्कंदा मन्त्री भइसकेका योगेश राति एयरपोर्टको भिआइपी कक्षमा स्वागतको लागि पुगेर आफु अझै प्रचण्डसँग निकट रहेको सन्देश दिन सफल भए । तर यो खेल अन्त्य नहुदै केपी ओलीले सिंगापुरबाट फर्के लगत्तै वामदेवलाई आफुतिर तानेर फेरि पार्टी आफु बलशाली भएको सन्देश दिन सफल भए ।

शुक्रबारको बैठकले नेकपामा पुष्पकमल दाहाल निकै कमजोर रहेको देखाउछ । उसैपनि उनी कति कमजोर थिए भन्ने कुरा नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको यो अभिब्यक्तिबाट वुझन सकिन्छ । उनले भनिन–‘प्रचण्ड अध्यक्ष त हो तर बालुवाटारबाट कतिवेला फोन आउछ भनेर कुरेर बस्ने बाहेक अर्को काम उनको छैन।’

हुनपनि प्रचण्डको अवस्था कस्तो छ भने पार्टीमा दुई अध्यक्ष भनिएपनि न उनी वैठक राख्न सक्छन, न कार्यकर्ताको गुनासो सम्वोधन गर्न सक्छन, न सरकारलाई पार्टीको नीति अनुसार चलाउन सक्छन । उनी केवल बेला बेलामा सार्वजनिक फोरममा सरकार र पार्टीप्रति असन्तुष्टि देखाउन सक्छन तर यसो गर्दा केपी रिसाउलान र आलोपालो अनुसार प्रधानमन्त्री हुन नपाइएला कि भन्ने भयले ग्रसित देखिन्छन ।

बाहिरबाट हेर्दा प्रचण्ड यतिवेला कमजोर जस्तो देखिएपनि अन्तत नेकपा उनकै हातमा जानेछ । अहिले महत्वपुर्ण पद पाएकोले ओलीतिर गएका वामदेव भोलि प्रचण्ड फर्कदैनन भन्ने कुराको के ग्यारेन्टी छ ?

नेकपा भित्र पुर्वमाओवादी तथा केपी ओलीसँग नै पनि रुष्ट रहेका समुह जो प्रचण्डसँग बाध्यताले निकट छन उनीहरुले वारम्वार भन्ने गरेका छन–तपाईंले ओलीलाई चिढ्याएर केही पाउनु हुन्न, बरु रिझाएर मात्र पाउनुहुन्छ ।

पार्टी एकताको डेढ बर्षकाबीचमा प्रचण्डले यो यथार्थवोध गरिसकेका छन । शायद प्रचण्डको यहि मनोदशा वुझेर हुनुपर्छ,उनीसँग टाढिएर नेकपा माओवादी पुर्नगठन गरेका गोपाल किरातीले हालसालै प्रचण्डसँग लामो सम्वाद गरेका छन । प्रचण्डसँगको भेटमा किरातीले ३ वटा मुख्य कुरा बताएका छन र यस मध्ये अब प्रचण्डको हालत खराव हुन्छ भन्ने एक रहेको छ । स्रोत कै कुरालाई विश्वास गर्ने हो भने किराती समुहले नेपाल बचाउन भन्दै मेचीमहाकाली यात्रा गर्दैछ तर यसको मुल मक्सद भनेको पार्टीलाई पुर्नजीवित गर्ने र प्रचण्डलाई यस समुहमा तान्ने नै हो । र, महत्वपुर्ण कुरा के छ भने प्रचण्डले किरातीको अभियानलाई शुभेच्छा दिएर पठाएका छन ।

यता केपी ओली भने प्रचण्डसँग निकट रहेकाहरुलाई आफुसँग तान्ने र आफुपछि पुर्वएमाले खेमाबाट नै नया उत्तराधिकारी खोज्ने तयारीमा जुटिसकेका छन । स्कुल विभागमा देखिएको विवादमा ईश्वर पोखरेलको विजयले अबको ओलीको उत्तराधिकारी उनी हुन खोजेको कुरा छर्लङ पारेको छ ।

राजनीतिक विश्लेषक डा.विष्णु दाहाल भने बाहिरबाट हेर्दा प्रचण्ड यतिवेला कमजोर जस्तो देखिएपनि अन्तत नेकपा उनकै हातमा जाने बताउँछन । अहिले महत्वपुर्ण पद पाएकोले ओलीतिर गएका वामदेव भोलि प्रचण्ड फर्कदैनन भन्ने कुराको के ग्यारेन्टी छ ?

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ७ : ५७ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा