वैदेशिक रोजगारीमा गएका युवाको ग्याङ फाइट : १ सयभन्दा बढी जेलमा | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा गएका युवाको ग्याङ फाइट : १ सयभन्दा बढी जेलमा


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वैदेशिक रोजगारीमा गएका नेपाली गन्तव्य देशमा होहल्ला र झै–झगडाका कारण ज्यान गुमाउने क्रम बढ्न थालेको छ । अन्य देशबाट रोजगारीका लागि पुगेका श्रमिकसँग झगडा गर्दा धेरै नेपाली कानूनी झमेलामा समेत पर्ने गरेका छन् ।

बुधबार कतारमा बंगलादेश नागरिकसँग सामूहिक ग्याङ फाइट पर्दा एक जना नेपाली ज्यान गुमाए । ग्याङ फाइटमा सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको कतारस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यो ग्याङ फाइटमा अरु पाँच जना नेपाली घाइते भएका छन् । उनीहरुको उपाचार भइरहेको दूतावासले जनाएको छ । यस्तै, गत वर्ष युएईमा नयाँ वर्षको अवसरमा नेपाली, भारतीय र थाइल्याण्डका कामदारबीच सामूहिक ग्याङ फाइट परेको थियो । त्यो ग्याङ फाइटमा पनि नेपाली युवा घाइते भएका थिए ।

मदिराले निम्त्याउने ग्याङ फाइट

यस्ता ग्याङ फाइटको मुख्य कारण मदिरा सेवन देखिएको छ । मदिरा सेवन गरेर केटी जिस्काउँदा दुई समूहबीच कुटाकुट हुने गरेका घटना धेरै छन् । आपसी विवाद र अपशब्द बोल्दा बेग्लाबेग्लै देशका श्रमिकबीच फाइट पर्छ। युएईको ग्याङ फाइटलाई नियन्त्रण गर्न युएई प्रहरीलाई निक्कै समय लागेको थियो । नियन्त्रणमा आएपछि खुल्ला रुपमा कुटाकुट गर्ने नेपाली युवालाई स्वदेश फर्काइएको थियो ।

३ वर्षअघि मलेसियामा नेपाली र तामिल नागरिकबीच झगडा हुँदा २ जना नेपालीले ज्यान गुमाएका थिए । मलेसियामा व्यक्तिगत झगडाका कारण धेरै नेपाली ज्यान गुमाउने गरेका छन् । पछिल्लो समय रोजगारी र अध्ययनका लागि जापान पुगेका नेपाली विद्यार्थीहरुको पनि अन्य देशबाट अध्ययनका लागि आएका विद्यार्थीसँग सामूहिक झगडा पर्ने गरेको छ ।

वैदेशिक रोजगारीमा गएका विदेशी कामदारबीच आफनो देशका बारेमा राम्रा नराम्रा टिकाटिप्पणी हुँदा सामूहिक झगडा हुने गरेको छ । आफ्ना देशका बारेमा यस्तो–उस्तो भनेर अर्को देशका कामदारले नराम्रो टिप्पणी गर्दा झगडाको वातावरण सिर्जना हुने गरेको श्रमिकले नै बताउँछन् ।

मलेसियामा रोजगारीका लागि पुगेका नेपाली कामदारको अन्य देशका श्रमिकसँग धेरै सामूहिक झगडा गरेका घटना दूतावासमा आउने गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका द्वितीय राजदूत कुमारराज खरेलका अनुसार रोजगारीका लागि विभिन्न देशबाट आएका श्रमिकबीच कुरा नमिल्दा सामूहिक झगडा हुने गरेको छ । यस्ता झगडा रोक्न दूतावासले सचेतना कार्यक्रम चलाउने गरेको खरेलले जानकारी दिए ।

हाल, मुश्लिम राष्ट्रमा मुश्लिमहरुको चाँड इद चलिरहेको छ । इद मनाउन छुटी पाएका विदेशी श्रमिकहरुबिच झगडा भएको दूतावासले जानकारी दिएको छ । बुधबार भएको सामूहिक झगडाका बारेमा कतार प्रहरी अुनसन्धान गरिरहेको छ । नेपाली मृत्यु हुनेगरी भएको झगडामा दूतावासले पनि अनुसन्धान र घाइतेसँग सोधखोज गरीरहेको दूतावासले जानकारी दिएको छ ।

हालसम्म सामूहिक झगडका कारण कतिले ज्यान गुमाउन भने तंथ्याक चाँही नियोग छैन ।

यसरी हुन्छ सामूहिक झगडा

वैदेशिक रोजगारीमा गएका विदेशी कामदारबीच आफनो देशका बारेमा राम्रा नराम्रा टिकाटिप्पणी हुँदा सामूहिक झगडा हुने गरेको छ । आफ्ना देशका बारेमा यस्तो–उस्तो भनेर अर्को देशका कामदारले नराम्रो टिप्पणी गर्दा झगडाको वातावरण सिर्जना हुने गरेको श्रमिकले नै बताउँछन् ।

यस्तै, मदिरा सेवनका कारण पनि विदेशी श्रमिकबीच धेरै सामूहिक झगडा हुँदै आएको छ । यस्तै, पछिल्लो समय रोजगारीका लागि विदेशी महिला जाने क्रम बढेसँगै केटीका विषयमा विदेशी श्रमिकबीच सामूहिक झगडा पर्ने गरेको दूतावासहरुले बताउदै आएका छन् ।

मलेसिया र युएईमा धेरै महिलाका कारण पनि सामूहिक झगडा हुने गरेको छ । कतिपय विषयमा यतिकै पनि झगडा पर्ने गरेको छ । रोजगारीका लागि युएई आएका कामदारलाई युएईमा रहेको नेपाली दूतावासले होहल्ला, मदिरा सेवन र सामूहिक झगडा नगर्न सावजानिक सूचनामार्फत जानकारी गराउदै आएको आएको युएईस्थित नेपाली दूतावासका राजदूत कृष्णप्रसाद ढकालले बताएका छन् । दूतावासले सबै विषयमा सूचनामार्फत जानकारी र सचेतना गराउदै आएको उनको भनाई छ ।

१ सयभन्दा जेल

रोजगार गन्तव्य देशमा रोजगारीका लागि गएका नेपाली सामूहिक झगडा गर्दा धेरै जेल पर्ने गरेका छन् । हाल विभिन्न देशमा रोजगारीका लागि पुगेका १ सयभन्दा बढी नेपाली श्रमिक होहल्ला र झैझगडा कारण जेल जीवन बिताउन बाध्य भएको परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगारसम्बन्धी पश्चिम हेर्ने शाखाले जानकारी दिएको छ ।

युएई रोजगारीका लागि पुग्ने विदेशी कामदारबीच पनि धेरै सामूहिक झगडा पर्ने गरेको छ । जसमा नेपाली र बंगलादेशका श्रमिकबीच धेरै सामूहिक झगडा पर्ने गरेको घटना धेरै छन् ।

यसरी सामूहिक झगडामा सामेल भएका विदेशी श्रमिकलाई सम्बन्धित देशले ३ महिना जेल र सजाय स्वरुप जरिवाना तिराएर स्वदेश फकाउने गरेको छ । यसका कतिपय ज्यान मुद्दामा जेल जीवन बिताइरहेको शाखाले जानकारी दिएको छ । उनीहरुलाई झगडाबाट पुराएको क्षतिपूर्तिको आधारमा जरिवाना र सजाय हुने गरेको छ ।

मलेसिया र युएईमा धेरै ग्याङ फाइट

वैदेशिक रोजगारीमा गएका नेपालीको सामूहिक झगडा धेरै मलेसिया र युएईमा हुनेगरेको त्यहाँ कुटनीतिक नियोगले बताउँदै आएका छन् । मलेसिया र युएईका दूतावासले चाडपर्वका बेला मदिरा सेवन गरेर झैझगडा नगर्ने विज्ञप्तिमार्फत कामदारलाई जानकारी गराउँदै आएका छन् । यी देशमा रहेका नेपाली कामदारलाई सूमहमा भेला भएर होहल्ला नगर्न समेत दूतावासले आग्रह गदै आएको छ ।

मलेसियामा नेपाली र अन्य देशका श्रमिकबीच झगडा पर्दा धेरै नेपाली घाइते हुने गरेका छन् । यसरी घाइते भएका कामदारको रोजगारदाता र दूतावासको सहयोगमा उद्दार गरेर स्वदेश ल्याउन फर्काइन्छ ।

युएई रोजगारीका लागि आएका विदेशी कामदारबीच पनि धेरै सामूहिक झगडा पर्ने गरेको छ । जसमा नेपाली र बंगलादेशका श्रमिकबीच धेरै सामूहिक झगडा पर्ने गरेको घटना धेरै छन् । पछिल्लो समय साउदी अरब, कतार र कुवेतमा पनि विदेशी कामदारहरुबीच सामूहिक झगडा पर्ने गरेको घटना दूतावासले सार्वजानिक गदै आएका छन् ।

यस्तै, भारत र पास्कितानका श्रमिकबीच क्रिकेट खेलका बारेमा पनि धेरै सामूहिक झगडा पर्ने गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : ३९ बजे

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका