स्थानीय तहका न्यायीक समितिमा उजुरी, घर झगडादेखि जग्गा विवादसम्म | Khabarhub Khabarhub

स्थानीय तहका न्यायीक समितिमा उजुरी, घर झगडादेखि जग्गा विवादसम्म


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– स्थानीय तहका न्यायीक समितिमा उजुरीहरु पर्ने क्रम बढेको छ ।  तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिमा ६० उजुरी दर्ता भएका छन् ।

तीमध्ये गत वर्षबाट जिम्मेवारी सरी आएका ११ र चालू आर्थिक वर्षको अहिलेसम्ममा दर्ता भएका ४९ गरी कूल ६० उजुरी दर्ता भएको समितिका संयोजक एबं उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले जानकारी दिइन् ।

दर्ता भएका उजुरीमध्ये २४ लाई मिलापत्र गराउन सफल भएको छ भने ३६ उजुरी विचाराधीन रहेको समितिले जनाएको छ ।

समितिमा सबैभन्दा बढी इज्जत, घर भाडा, ज्याला मजदूरी, जग्गा विवाद, बाटोघाटो, घरायसी झै–झगडा, कुलोपानी, खेतीपाती नोक्सानी लगायतका उजुरी आउने गरेका छन् ।

“विवाद लिएर नागरिक न्यायिक समितिमा उजुरी लिएर आउनुहुन्छ, हामीले दुबै पक्षलाई राखेर मेलमिलापको नीतिबाट त्यस्ता उजुरीको टुङ्गो लगाउने गरेका छौं, दुबै पक्ष यहाँबाट खुशी भएर जाने गर्नुहुन्छ” संयोजक आचार्यले भनिन् ।

उपमहानगरपालिकामा छुट्टै इजलाश कक्ष, विज्ञ कर्मचारी भएका कारण आफूहरुलाई काम गर्न कुनै समस्या नभएको पनि आचार्यले बताइन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १ : २० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन