पशुपति शर्माको स्पष्टोक्ति– ‘गीत कुनै पार्टीको समर्थन र विरोधमा सिर्जना गरिएको होइन’ | Khabarhub Khabarhub

पशुपति शर्माको स्पष्टोक्ति– ‘गीत कुनै पार्टीको समर्थन र विरोधमा सिर्जना गरिएको होइन’


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युट्युबमा अपलोड गरेपछि विवादमा आएर हटाइएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ लाई सत्तारुढ दलका भातृ संगठनहरुले विरोध जनाएको विषयलाई लिएर गायक शर्माले यो गीत कुनै पार्टीको विरोधको रुपमा सिर्जना नगरेको स्पष्ट पारेका छन् । शर्माले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

‘मैले हिजो मात्र विविध कारणले मेरो आधिकारिक युट्युब च्यानलबाट हटाएको गीत कुनै पार्टीका समर्थन र कुनै पार्टीको विरोधको रुपमा सिर्जना नगरेको प्रष्ट पार्न चाहन्छु, त्यो विशुद्ध भ्रष्टाचार र धेरै वर्षदेखि विद्यमान विसङ्गति र विकृति विरुद्ध मात्र थियो र छ पनि,’ शर्माले लेखेका छन्, ‘यसै विषयमा म अनि म प्रथम उपाध्यक्ष रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालप्रति लक्षित गरी केही प्रचारप्रसार नगरिदिनुहुन पनि म विनम्र अनुरोध गर्दछु ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले हिजो (आइतवार) मात्र शर्माले हटाएको गीतलाई जस्ताको तस्तै पुनः युट्युबमा अपलोड गर्न अनुरोध गरेको थियो ।

गीतका केही शब्दलाई लिएर विवाद उत्पन्न भएपछि उक्त गीत शर्माले हटाएका थिए । उनले यो गीतलाई परिमार्जन गरेर पुनः अपलोड गर्ने बताएका छन् ।

\

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ११ : १७ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।