फेसबुकको चरम लापरबाही, जसले ज्यूँदो मान्छेलाई मार्यो ! | Khabarhub Khabarhub

फेसबुकको चरम लापरबाही, जसले ज्यूँदो मान्छेलाई मार्यो !


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फ विभिन्न आपराधिक क्रियाकलाप बढेको समाचारहरु सार्वजनिक भइरहँदा अहिले फेसबुकले एक पत्रकारलाई ज्यूँदै मरेको प्रोफाइल बनाइदिएको छ ।

ती पत्रकार हुन्– अन्नपूर्ण पोष्टका नरेन्द्र साउँद ।  तर, उनले फेसबुकको लापरबाहीले यस्तो भएको जानकारी दिएका छन् । पत्रिकामा यसबारे ‘म ज्यूँदै छु फेसबुक’ भनेर आफ्नो विचार समेत सार्वजनिक गरिसकेका छन् ।

यस विषयमा उनले यस्तो चरम लापरबाहीको जिम्मेवार को ? यत्रो अत्याचारको फेसबुकले के क्षतिपूर्ति दिन्छ ? दिनुपर्छ कि पर्दैन ? भन्ने प्रश्न समेत उठाएका छन् ।

उनको फेसबुकमा लेखिएको त्यो म्यासेज दिवंगत भइसकेका व्यक्तिहरुलाई लेख्ने जस्तै लेखिएको छ । उनको प्रोफाइल फोटोमाथि नै लेखिएको थियो– ‘रिमेम्मरिङ नरेन्द्र साउद।’ त्यति मात्र होइन, थप लेखिएको  थियो– ‘वि होप पिपुल हु लभ नरेन्द्र विल फाइन्ड कम्फर्ट इन भिजिटिङ हिज प्रोफाइल टु रिमेम्बर एन्ड सेलिब्रेट हिज लाइफ।’ अर्थात्, नरेन्द्रलाई माया गर्नेहरूले उहाँको प्रोफाइलबाट सम्झन र शोक व्यक्त गर्न सक्नुहुनेछ।’

यस्तो म्यासेज देखेपछि जो कोहीलाई रिस मात्र उठ्ने हाेइन कि पीडावाेध पनि उत्तिकै हुन्छ । उनी अहिले फेसबुकको शिकार बनेका छन् ।

उनले आफू ज्यूँदै रहेको र फेसबुक खोल्नका लागि फेसबुकले मागेका प्रक्रिया पटक–पटक पूरा बल्लतल्ल खुलेको बताएका छन् ।

फेसबुकप्रति आक्रोश पोख्दै उनले भने– ‘ज्यूँदो मान्छेलाई मृतक घोषणा गर्ने अनि जिउँदो भएको प्रमाण माग्ने ? त्यो अधिकार फेसबुकलाई कसले दियो ? के फेसबुकलाई मान्छे मार्ने र जन्माउने अधिकार छ ?

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : ४७ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने