'राजनीतिक परिवर्तनमा साहित्यको योगदान महत्वपूर्ण' | Khabarhub Khabarhub

‘राजनीतिक परिवर्तनमा साहित्यको योगदान महत्वपूर्ण’


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले मुलुकको राजनीतिक परिवर्तनमा साहित्य र सङ्गीतको महत्वपूर्ण योगदान रहेको बताएकी छन् ।

आज महोत्तरीमा गीतकार एवं गायिका जमुना पोखरेलको गीति एल्बम ‘ए चेली नजाउ है खाडिमा’को विमोचन गर्दै उनले साहित्यिक र साङ्गीतिक मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा साहित्यकार तथा कलाकर्मीले योगदान दिएको स्मरण गरे । पोखरेलका गीतले आफ्नै मुलुकमा श्रम गर्न महिलालाई अपिल गरेको सन्देश रहेको उपाध्यक्ष दाहालको भनाइ थियो ।

गीतकार एवं गायिका पोखरेलको यो पहिलो गीति एल्बम हो । बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानले आयोजन गरेको सो कार्यक्रममा प्रदेशसभा सदस्य शारदा थापाले गीत, सङ्गीत र कलाको माध्यमले युवा पुस्तालाई स्वदेशमै केही गर्न पोखरेलका गीतमा सन्देश रहेको बताए।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १० : ०४ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका