आइफिल टावर अगाडि थप चार विश्व कीर्तिमान बनाउँदै खबरहबकर्मी थानेश्वर गुरागाईं | Khabarhub Khabarhub

आइफिल टावर अगाडि थप चार विश्व कीर्तिमान बनाउँदै खबरहबकर्मी थानेश्वर गुरागाईं


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खबरहबकर्मी थानेश्वर गुरागाईं फ्रान्सको राजधानी पेरिसस्थित आइफिल टावर अगाडि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स थप चार कीर्तिमान बनाउने भएका छन् ।

उनले जुलाई महिनाको अन्तिम सातामा विभिन्न चार कीर्तिमान राख्ने तयारी गरेका छन् । जसका लागि उनले मुखमा दाँतमाझ्ने ब्रस राखेर बास्केटबललाई ६० सेकेण्डसम्म घुमाउनेछन् ।

खबरहब विशेष सम्वाददाता थानेश्वर गुरागाईं, ब्रसमाथि बास्केटबल घुमाएर आफ्नो कला प्रस्तुत गर्दै ।

त्यस्तै, उनले कुहिनामा पनि बास्केटबल १० सेकेण्डसम्म घुमाउनेछन् । कीर्तिमान राख्ने क्रममै उनले एक मिनेटमा १० पटक  २८ सेन्टिमिटर परिधी भएको धातुको रिङ टाउकोबाट छिराएर खुट्टाबाट निकाल्ने छन् ।

उनले चिउँडोमा ३ मिनेटसम्म कुर्सी अड्याएर अर्को कीर्तिमान राख्नेछन् । उनले यी चार कीर्तिमान राखेमा गिनिज बुकमा उनको कीर्तिमान सङ्ख्या २३ पुग्नेछ ।

खबरहब डट कमका विशेष सम्वाददाता थानेश्वर गुरागाईंलाई टिसर्टसहित शुभकामना प्रदान गर्दै नेपालका लागि फ्रेन्च राजदूत फ्रास्वाँ जेभियर लेजर, साथमा पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ ।

उनलाई फ्रान्सतर्फ बिदाई गर्ने क्रममा पेभेलियन हल दरबारमार्गमा आयोजित कार्यक्रमा नेपालका लागि फ्रेन्च राजदूत फ्रास्वाँ जेभियर लेजरले शुभकामना व्यक्त गरे ।

‘उनले फ्रान्समा कीर्तिमान राख्ने कुराले मलाई खुशी र गर्व लागेको छ,’ राजदूतले भने ।

खबरहब डट कमका विशेष सम्वाददाता थानेश्वर गुरागाईंलाई प्रदान गरिएको नेपाल- फ्रान्स सम्बन्ध झल्काउने टिसर्ट देखाउँदै फ्रेन्च राजदूत फ्रास्वाँ जेभियर लेजर र पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ ।

फ्रान्सका जनता सिजर्नशीलताको कदर गर्ने भन्दै पेरिस शहरका बासिन्दाले गुरागाईंको प्रस्तुतीबाट मनोरञ्जन लिने राजदूतको विश्वास छ ।

त्यसैगरी फ्रेन्च दूतावासका उपप्रमुख (डीसीएम) अर्नौड च्याम्पीले गुरागाईंले विगतमा राखेका कीर्तिमानीको प्रसंशा गर्दै पेरिसमा गर्न लागेको नयाँ चार विश्व कीर्तिमानका लागि सफलताको शुभकामना दिए ।

विश्व कीर्तिमानी राख्न पेरिस जान लागेका खबरहब डट कमका विशेष सम्वाददाता थानेश्वर गुरागाईंलाई सफलताको शुभकामना प्रदान गर्दै फ्रेन्च दूतावासका उपप्रमुख अर्नौड च्याम्पी ।

नेपाल र फ्रान्सबीच द्विपक्षीय सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा गुरागाईंले कीर्तिमान राख्न लागेका हुन् ।

त्यस्तै, पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले समेत उनलाई सफलताको शुभकामना दिएका छन् । गुरागाईं खबरहब डटकमका विशेष सम्वाददाता हुन् ।

खबरहब डट कमका विशेष सम्वाददाता थानेश्वर गुरागाईंलाई प्रदान गरिएको खबरहब डटकम अंकित टिसर्ट देखाउँदै फ्रेन्च राजदूत फ्रास्वाँ जेभियर लेजर र खबरहब डटकम सहकर्मी धिरज पौडेल, साथमा पेभेलियन ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ ।
खबरहब विशेष सम्वाददाता थानेश्वर गुरागाईं, औंलामा बास्केटबल घुमाएर आफ्नो कला प्रस्तुत गर्दै
खबरहब विशेष सम्वाददाता थानेश्वर गुरागाईं, दुबै हातको औंलामा बास्केटबल घुमाएर आफ्नो कला प्रस्तुत गर्दै ।
खुट्टाले बास्केटबल घुमाएर आफ्नो कला प्रस्तुत गर्दै खबरहब विशेष सम्वाददाता थानेश्वर गुरागाईं ।

 

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ८ : ०५ बजे

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम