रेजिन सुब्बाको ह्याट्रिकमा ब्रिगेड ब्वाइज फाइनलमा | Khabarhub Khabarhub

रेजिन सुब्बाको ह्याट्रिकमा ब्रिगेड ब्वाइज फाइनलमा


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिगेड ब्वाइज क्लब ललित स्मृति फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै ब्रिगेड फाइनलमा पुगेको हो ।

ब्रिगेडलाई मनाङविरुद्ध जीत दिलाउन रेजिन सुब्बाले ह्याट्रिक गरे । यस्तै शिशिर लेखीले २ गोल गर्दा जय गुरुङ र बृजेश चौधरीले समान एक–एक गोल गरे । मनाङका सचिन गुरुङले एक गोल फर्काए पनि थप गोल गर्न नसक्दा मनाङ पराजित भयो ।

पूर्व उपाध्यक्ष एव‌ं स्व. ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ६ : ५७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६