न्याय परिषदद्वारा एकैपटक २३४ न्यायाधीशको सरुवा | Khabarhub Khabarhub

न्याय परिषदद्वारा एकैपटक २३४ न्यायाधीशको सरुवा


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३४ न्यायाधीशको सरुवा गरेको छ ।

परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना न्यायाधीशको सरुवा गरेको हो ।

न्याय परिषदको बैठकले उच्च अदालतका ६ जना न्यायाधीशलाई विशेष अदालतको अध्यक्ष तथा सदस्य (न्यायाधीश) तोक्न पनि सिफारिस गरेको छ ।

परिषद बैठकले उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष तोक्न सिफारिस गरेको छ ।

यस्तै विशेष अदालतको सदस्य (न्यायाधीश)हरुमा उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका न्यायाधीश वालेन्द्र रुपाखेती, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुर (अस्थायी इजलाश वीरगन्ज)का न्यायाधीश चन्द्रबहादुर सारु र उच्च अदालत विराटनगर (इलाम इजलाश)का न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्न सिफारिस गरेको छ ।

सरुवा तथा सिफारिस भएका न्यायाधीशहरुको सूची निम्नानुसार छ,

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : ३३ बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ