भारतले चन्द्रयान–२ आगामी सोमबार प्रक्षेपण गर्ने, सबै प्राविधिक गड्बडी सुधारियो | Khabarhub Khabarhub

भारतले चन्द्रयान–२ आगामी सोमबार प्रक्षेपण गर्ने, सबै प्राविधिक गड्बडी सुधारियो


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अन्तिम समयमा आएर स्थगित गरिएको भारतको चन्द्र अभियान चन्द्रयान–२ को प्रक्षेपण आगामी सोमबार हुने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेटमा चन्द्रयान–२ को प्रक्षेपण गर्ने घोषणा गरेको हो ।

दक्षिण भारतको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटाबाट उक्त यान प्रक्षेपणको तयारी गरिएको इसरोले जनाएको छ ।

अघिल्लो साता गत असार ३० गते चन्द्रयान–२ प्रक्षेपण गर्नु केही समयअघि प्राविधिक गड्बडी देखिएपछि प्रक्षेपण स्थगित गरिएको थियो । चन्द्रयानमा देखिएका सबै प्राविधिक समस्या समाधान भइसकेको र निर्धारित समयमा नै प्रक्षेपणका सम्पूर्ण तयारी भएको इसरोले जनाएको छ ।

भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकांक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको छ । रुस, संयुक्तराज्य अमेरिका र चीनले यस्तो सफलता प्राप्त गरिसकेका छन् ।

भारतले यस परियोजनामा करिब १४ करोड अमेरिकी डलर खर्चिएको छ । अन्तरिक्ष विज्ञानका क्षेत्रमा यो हालसम्मकै सबैभन्दा सस्तो अभियान मानिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  २ : ४७ बजे

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा